काठमाडौं । नेपाल चिकित्स संघले आफ्ना आजीवन सदस्य तथा काठमाडौँ मेडिकल कलेज (के.एम.सी.)मा अध्ययन गरिरहेका आवाशीय चिकित्सक डा. विशद दाहालमाथि लगाइएको निलम्बन तुरुन्त फिर्ता लिई अध्ययन सुचारु गराउन माग गरेको छ ।
संघको आकस्मिक बैठकले तुरुन्त बिना कुनै सर्त निलम्बन फिर्ता लिन तथा चिकित्सा शिक्षा आयोग, काठमाडौ विश्व विद्यालय लगायत सरोकारवालाहरुको कार्यदल बनाई स्वास्थ सिबिर, शैक्षिक गतिबिधी लगायत आवाशीय चिकित्सकहरुले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न माग गर्ने निर्णय गरेको अध्यक्ष डा. अनिल बिक्रम कार्कीले जारी गर्नुभएको बिज्ञप्तिमा जनाइएको छ ।
साथै अविलम्ब निलम्बन फिर्ता लिएर अध्ययन अध्यापनका लागि अगाडी नबढाएको खण्डमा आवाशीय चिकित्सकका संघ संस्थाका प्रतिनिधिहरुसंग अझै थप छलफल गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने भनदै यसको जिम्मेवार स्वयम् सरोकारवाला निकाय हुनपर्ने चेतावनी समेत दिएको छ ।