
आइतबार दैलेखमा भएको सवारी दुर्घटनामा परेका नेकपा एमालेका महासचिव शंकर पोखरेलको आज काठमाडौंस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ। सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिँदा उनी सामान्य घाइते भएको नेकपा एमालेले जनाएको छ . ‘उहाँ आज ट्रमा सेन्टरमा गई स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको तर भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा नभएको एमालेले जनाएको छ ।
महासचिव पोखरेल आजै सुर्खेतबाट काठमाडौं आउनु भएको छ । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुंगेश्वर गाउँपालिका– १ चुप्रानजिकै उनी सवार गाडी सडकमा पल्टेको थियो। गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा, कर्णाली प्रदेश कमिटी सचिव ध्रुव शाहीलगायत पनि थिए।गाडीमा सवार कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
