विज्ञापन बोर्डले कोकिल मिडिया, अनामनगर, काठमाडौंलाई दश हजार रुपैया जरिबाना गरेको छ । साथै २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्का गर्ने निर्णय गरेको छ। नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँसंग उक्त एजेन्सीले मिति २०८०।०६।१२ मा गरेको सम्झौतामा उल्लेखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले उक्त जरिबाना गरिएको बोर्डले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
वोर्डले जारी गरेको विज्ञप्ति अनुसार उक्त एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारणवापत प्रति स्पट रु।१०६।६१ मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट रु।११।११ मा प्रसारण आदेश दिई प्रति स्पट रु।९८।५० अर्थात ९८६।५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारवाहीको निर्णय गरेको हो। साथै कोकिल मिडिया, अनामनगरले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नु पर्नेमा २० वटा एफएम रेडियोमामात्र विज्ञापन प्रसारणको आदेश दिएको पाईएकोले बोर्डको २०८० साल माघ १९ गते बसेको बैठकले विज्ञापन ९नियमन गर्ने० नियमावली २०७७९पहिलो संशोधनसमेतको नियम ११ख को उपनियम ९१० बमोजिम २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्का राख्ने र सो अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको छ ।
कोकिल मिडिया, अनामनगर, विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा २६ बमोजिम बोर्डमा सूचीकरण नभएको, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकुबाट ५२ वटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्नुपर्ने कार्यादेश पाएकोमा २० वटामा मात्र प्रसारणको आदेश पठाई ३२ वटा रेडियोमा प्रसारण आदेश नै नदिएको र प्रसारणको आदेश दिएका एफएममा समेत अत्याधिक ९८६।५८ प्रतिशत सेवा शुल्क राखी कालोबजारी गरेको छानविनका क्रममा पाईएपछि उपरोक्त कारबाही गरिएको विज्ञप्ति उल्लेख गरिएको छ ।