
धादिङ, फागुन ३ गते । आन्तरिक विवादका कारण स्थगित भएको नेकपाएमाले धादिङको नवौं जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशनमा आज बिहीबार नयाँ नेतृत्वका लागि निर्वाचन हुने नेकपा ९एमाले० धादिङले जानकारी दिएको छ । गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा प्रतिनिधि छनोटका विषयमा विवाद सिर्जना भएको थियो । दुई पक्षबीच कुटाकुट समेतको अवस्था आएपछि अधिवेशन स्थगित गरिएको थियो ।
नयाँ नेतृत्वका लागि प्यानल खडा गरेर निर्वाचनमा लड्न नपाइने भनिएता पनि भूमि त्रिपाठी र डा रामकुमार अधिकारीको स्पष्ट प्यानल देखिने गरी उम्मेदवार खडा गरेर निर्वाचनमा होमिनु भएको छ ।अध्यक्षका उम्मेदवार भूमि त्रिपाठीको प्यानलमा उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ, सचिवमा राधिका सापकोटा, उपसचिवमा महिलातर्फ उर्मिला रेग्मी र खुल्लातर्फ भक्तबहादुर लामिछानेले उम्मेदवारी दिनुभएको छ भने डा। रामकुमार अधिकारी तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य, सचिवमा हरिराम लोहनी, महिला उपसचिवमा खुवीकुमारी तामाङ र खुल्ला उपसचिवमा काजी श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । एमालेको जिल्ला अधिवेशनका लागि ५७८ जना मतदाता रहेका छन् ।
