
काठमाडौं, फागुन ३ गते । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकको एजेण्डा तय गर्ने बुझिएको छ । फागुन ७ गते महासमिति बैठक आयोजना हुँदैछ । बैठकको अन्तिम तयारी भैरहेको नेताहरुले बताएका छन् ।