
काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको उपकुलपतिमा प्रा .डा. केशरजङ्ग बराललाई नियुक्त गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसमा बराललाई नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
समितिले बरालसहित प्रा.डा चित्रबहादुर बुढाथोकी र प्रा डा टङ्कनाथ धमलालाई त्रिविको उपकुलपतिमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।