
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस गरिएका चारवटा प्रस्ताव सर्वसम्मत पारित भएका छन्। उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित भएका हुन्।
महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले ताली बजाएर सर्वसम्मत पारित गएका हुन्। कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चारवटै प्रस्ताव सर्वसम्मत पारित भएका हुन्।महामन्त्री गगन थापाले पेश गर्नुभएको प्रस्तावका विषयमा महासमिति सदस्यहरुले फरक फरक मत राखेपनि अहिलेलाई यो जटिल विषय नभएको र चार वर्षको विषय भएकाले यसलाई सामान्य रुपमा लिएको नेताहरुले बताएका छन् ।