
काठमाडौं ।मुलदुकको राजनीति फेरि नयाँ मोडमा पुगेको छ । प्रमुख दलहरुबीचको सत्ता राजनीतिक फेरि तातेको छ । पाँच दलीय गठबन्धन तोड्ने रणनीतिमा रहेको नेकपा एमालेले राष्ट्यिसभाको विषयलाई लिएर माओवादीसँग नयाँ सहमति खोज्न चाहिररहेको छ । राष्टिठ्यसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति गरेको माओवादीले पछिल्लो समय आफ्नो बोली फेरेको छ । उसले आफू ठूलो पार्टीको भएको भन्दै अध्यक्ष आफैले दावी गरेपछि राजनीति नयाँ मोडमा पुगेको हो ।
नेपाली कांग्रेसको महासमिति बैठकक र कोशी प्रदेशमा कांग्रेसबाट भएको धोकाका विषयलाई लिएर असन्तुष्ट बनेको माओवादी यतिखेर एमाले, राष्ट्यि स्वतन्त्र पार्टी र जसपासँग गठबन्धन गर्न तयार भएको देखिएको छ । भद्र सहमति अनुसार प्रधानमन्त्रीको कार्यकाल सकिन लाग्दै गर्दा दाहालको बोलि फेरिएको छ । जसका कारण कांग्रेस अप्ठेरो अवस्थामा पुगेको छ ।पछिल्ल दिनमा बाम गठबन्धन गर्ने विषयमा बामपन्थी दलहरु क्रियाशिल रहँदै आएका छनत् ।
आज बिहान नेकपा एमाले र माओवादीको छुट्टाछ्टै बैठक बसिसरहेको छ । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक बसिरहेको छ । भने माओवादीको पनि बैठक बसिरहेको छ । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो ।एमाले माओवादीको आ आफ्ना बैठकका कारण सत्तारुढ दलको बैठक भने स्थगित भएको छ । तर सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।
बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका छलफलका विषयमा जानकारी छन् ।सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयकको संशोधन मस्यौदा प्रतिवेदनका विषयमा पनि छलफल हुने बताइएको छ । माओवादीले भने राष्ट्यिसभा अध्यक्ष कांग्रेसलाई दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । राष्ट्यिसभा अध्यक्षका विषयमा कांग्रेस माओवादीबीचको आ आफ्नो अडानका कारण सत्ता गठबन्धन नै धरापमा पर्ने अवस्था बनेको छ । यद्यसिप यस विषयमा दलहरुले निर्णय लिएका छैनन् । कांग्रेस भने अझै पनि गठबन्धन कायम रहनेमा विश्वस्त रहँदै आएको छ ।