
शुकदेव दाहाल
नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको कुरामा कसैको पनि दुईमत छैन । २००३ सालमा राणा विरोधी आन्दोलन गर्दादेखिको जनआन्दोलन २०६२।०६३ सम्म आइपुग्दा पनि कांग्रेसको नेतृत्वमा नै सफल भएको हो । मुलुकमा प्रजातन्त्र ल्याउनदेखि अहिले लोकतान्त्रिक संविधान निर्माणसम्म आइपुग्दा पनि कांग्रेसको महत्वपुर्ण र निर्णायक भूमिकाका कारण देशले आज यो अवसर पाएको छ । जनताले रैतीबाट नागरिक हुँदै आज सार्वभौम सम्पन्न नागरिकको रुपमा रहन पाएका छन् । कांग्रेसले जसरी व्यवस्था परिवर्तनका लागि आफूलाई स्थापित गरेर देखायो त्यसरी नै देशको मुहार परिवर्तन गरेर जनतालाई समृद्धिको बाटोमा लैजान पनि महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
कतिपय कमजोरीकाविच पनि कांग्रेस नेतृत्वमा २०४६ मा बहुदलीय व्यवस्थासँगै खुला बजार अर्थतन्त्रसँगै स्कुल र कलेजको बाढी आयो, सञ्चार जगत, उद्योगधन्दा हरु पनि खुले त्यसले आज रुपमा देशलाई चलायमान बनायो पनि, तर त्यसपछिका दिनमा भएका राजनीतिक अस्थिरताका कारण देशले सोचेजस्तो ढंगले गन्तव्यमा पुग्न सकेन् । कहिले माओवादी जनयुद्ध त कहिले राजाको शाही घोषणाका कारण बारम्बार राजनीति अस्थिरताको बाटोमा फस्यो । त्यसलाई पनि पन्छाएर राजा फाल्नेदेखि गणतन्त्र स्थापना गर्दै नयाँ संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेसमाथि पटक पटक धोकाधडीको राजनीति हुँदै आएको छ । विशेष गरेर माओवादीका अध्यक्ष दाहालले आफुलाई सत्ता र स्वार्थमा राखेका कारण देशले यो अवस्था व्यहोर्न बाध्य भएको छ । विगतमा गिरिजाप्रसाद कोइलामाथि धोका भएको थियो ।
त्यसपछिका दिनमा कांग्रेसको विश्वस लिए पनि उहाबाट भने कांग्रेसलाई फेरि धोका भएको छ । जसलाई पछिल्लो राजनीतिक घटनाक्रमले पनि त्यसलाई पुष्टि गरेको छ । नेपाली कांग्रेससँग सहकार्य गरेर स्थानीयतहदेखि प्रदेश र संघमा कमजोर माओवादीलाई स्थापित गराउन सफ भएसँगै दाहालको भूमिका राष्ट्यि राजनीतिमा महत्वपूर्ण बन्न पुग्यो । माओवादीको समर्थन विना न त कांग्रेस न त एमाले कसैले पनि सरकार बनाउन नसकने अवस्थाका कारण ३२ सिटको माओवादीले आज दुई ठुला दललाई चलाइरहेको छ । पुस १० मा एमालेको समर्थन पाएर सरकारमा गएका उनले कांगेसको साथ बिना केही पनि गर्न सकिदैन भनेर फेरि एमालेलाई धोका दिँदै कांग्रेसँग मिल्नुभयो ।
कांग्रेसको समर्थनमा नै राष्ट्यिसभामा पहिलो दल बनेको माओवादीले आफ्नो पार्टीको एकजना उम्मेदवार हारेको विषयलाई लिएर अहिले कांग्रेससँग सम्बन्ध तोडेको छ । पार्टी सापति देउवाले पार्टीभित्र जस्तोसुकै आलोचना सहेर पनि गठबनधन जोगाउने र मुलुकलाई पाँचवर्षसम्म राजनीतिक स्थिरता दिने प्रयास गर्नुभएको थियो । महासमिति बैठकले पनि पाँच वर्ष गठबनधन जोगाउन इमान्दार ढंगले लाग्ने निर्णय गरेको थियो । तर त्यसलाई अन्य शक्तिहरु विशेष गरेर एमालेसहतिका केही उत्तरी छिमेकी मुलुकलाई मन परेको थिए ।
बारम्बार गठबन्धन फटाउने प्रयास भैरहेको थियो । सभापति देउवाले त्यो जानेर नै कांग्रेसले हरेक प्रकारको आलोचना सहेर पनि गठबन्धनप्रति इमान्दारिता देखाउनु भएको थियो । तर अहिले जसले कांग्रेसलाई सत्तामा रहन नदिने र भोलिका दिनमा पनि रोक्ने प्रयास थाले त्यसमाथि कांग्रेसका केही नेताहरुको समेत ग्रिन सिग्नल पाए ।
कांग्रेसको एउटा समूह माओवादीसँग मिल्न नहुने अडानमा थियो । यसको अर्थ कुनै राजनीतिक वैचारिक भन्दा पनि आफ्नो गुट कमजोर भएको र संस्थापन बलियो भएको भन्ने मात्रै थियो । उनीहरु जसरी पनि फुटाउन चाहान्थे । एमालेले पनि त्यसलाई मलजल गरेको थियो । अहिले त्यहि भएको छ । तर यो घटनाले कांग्रेसलाई त्यति ठुलो असर त गरेको छैन । तर राष्ट्यि राजनीतिलाई भने अस्थिर भने पक्कै बनाउने छ । मुलुकका दुई शक्तिशाली दलहरुले समयमा नै बुझ्न नसकेका कारण देश र लोकतन्त्र अस्थिरतातर्फ गैरहेको छ । सत्ताको स्वाद ३२ सिटको माओवादीले लिने तर त्यसको अपजस कांग्रेस एमालेको काधमा रहने अवस्थामा पनि उनीहरुले सोच्न नसक्नु र तेस्रो दललाई सँधै बोकिरहनुले पनि हरुमाथि पनि जनताले भोलिका दिनमा गम्भीर प्रश्न गर्नेछन् । त्यतिबेला बल्ल चेत खुल्नेछ । जे होस देशले नयाँ मन्त्रिहरु पाएको छ । देश र जनातको पक्षमा सहि काम होस् हार्दिक शुभकामना ।