
विदुर । नुवाकोट निर्माण ब्यवसायी संघको अध्यक्षमा नविनकृष्ण राजभण्डारी चयन हुनुभएको छ । चैत्र २४ शनिबार जिल्ला सदरमुकाम विदुरमा सम्पन्न भएको पाचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा राजभण्डारी सर्वसहमत निर्वाचित हुनुभएको नुवाकोट निर्माण व्यवसायी संघले जनाएको छ ।
यस्तै अधिवेशनबाट प्रथम उपाध्यक्षमा शैलेन्द्र कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्ष राजनमान श्रेष्ठ निर्वाचित हुनु भएको छ भने महासचिव तेजबहादुर प्याकुरेल,सचिव प्रेमकृष्ण राजभण्डारी ,कोषाध्यक्ष बिष्णु प्याकुरेल निर्वाचित हुनुभएको छ । अधिवेशनबाट कार्य समितिका सदस्यहरु पनि सर्वसम्वत रुपमा चयन गरिएको संघले जनाएको छ ।
विगतका समयमा संघले आफ्नो जिल्ला अधिवेशन भव्य रुपमा गर्दै आएको भएपनि पछिल्लो समय निर्माण व्यवसायी संघले ककाम गरेको रकम समेत भुक्तानी पाउन नसकिरहेको भन्दै सामान्य ढंगले अघिवेशन सम्पन्न गरेको छ । संघका अध्यक्ष सुमन अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नुवाकोट जिल्लाका निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो । नुवाकोट जिल्लामा झण्डै एक हजार भन्दा बढि निर्माण व्यवसायमा आवद्ध रहेको संघले जनाएको छ ।