
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक विषयका अलावा संघीय संसद्को अधिवेशनलगायतका विषयमा छलफल भएको जनाइएको छ। बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले समयसामायिक विषयमा छलफल भएको बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधिसभाको बैठक चल्न नसकेको आरोप समेत लगाउनुभयो ।
छलफलमा संसदको गतिरोध अन्त्यसँगै अन्य समयसामाविक विषयमा दुई नेताबीच् ग्म्भीर छलफल भएको छ । छलफलमा दुवै नेता निकै उत्साहित भएको देखिएको छ । सार्वजनिक भएको तस्बिरमा नेताद्धयले मुस्कानसहित आत मिलाउनु भएको छ । यसले एमाले र माओवादीबीचको एकतामा तत्काल कुनै अवरोध नआउने संकेत देखिन्छ ।