
काठमाडौं, चैत ३० गते । संसदको चालु अधिवेशनले कुनै महत्वपूर्ण निर्णय गर्न नसकी अन्त्य हुने भएको छ । सरकारले भोलि २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय सकिति बनाउन माग गरिरहेका बेला संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा। अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिनुभयो । उहाँले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको बताउनु भयो ।
मन्त्री शर्माले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था रहेको बताउनु भयो ।मानव अधिकारवादी मनोविज्ञान व्यक्ता, विधि विज्ञानव्यक्ता, द्वन्द्वविद् समाजशास्त्री, महिला अधिकारकर्मी, शान्ति प्रक्रिया सम्बन्धी व्यक्तिहरु मध्येबाट देहाय बमोजिम सदस्यहरु रहने व्यवस्था रहेको उहाँले बताउनु भयो ।
मन्त्री शर्माले सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल सदस्य, डा। अर्जुनकुमार कार्की सदस्य,स्टेला तामाङ सदस्यअन्तर्गत हाम्रो सिफारिस समिति बनेको जानकारी दिनुभयो । त्यस्तै सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिएको छ ।उहाँले सरकारले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा। दामोदर पौडेललाई अवैतनिक वाणिदुत पदमा नियुक्ति गरेको छ ।