
विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकाभित्र रहेको चन्द्र बहाखुर तामाड.को घरबाट मुगाको पत्थर जस्तो देखिने सामान चोरी गर्ने गिरोहका मुख्य योजनाकारलाई जिल्ला अदालत नुवाकोटले ३ लाख घरौटीमा छाड्ने आदेश दिएको छ । चन्द्र बहादुर तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी आश्विन दानी समेतले मुगा माला जस्तो देखिने पत्थर थान ५, सिमाला जस्तो देखिने कालो खैरा रङको एक थान , निलोमा सेतो बुट्टा भएको पत्थर दुई, सेतो हरियो रङको पत्थर एक, पानी रङको पत्थर थान लगायतका लाखौं रुपया पर्ने सामान चोरेर भाग्दै गर्दा गगटेबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरु मध्ये आश्विन दानीलाई तीन लाख, अर्जुन कुमाललाई साठी हजार धरौटीमा छाड्न आदेश दिइएको छ । अदालतको आदेश अनुसार उनीहरुले धरौटी रकम बुझाएपछि आज नै तारेखमा रिहा भएका छन् । यस्तै इमानसिंह सुनारलाई भने साधारण तारेखमा छाडिएको छ । यसैबीच लिखु गाउँपालिका वडा पाँच बस्ने ३१ वर्षीय रोशन गोतामेले १६ वर्षीया बालिकालाई करी गरेको आरोपमा पक्राउ गरिएको छ ।
चैत्र २९ गते किस्पाङ गाउँपालिका वडा नं.०५ केउरेनी जंगलमा लगि उमेर पुगेपछि बिबाह गर्ने आश्वासन दिई पिडितले लगाएको कपडा खोली जबरजस्ती करणी गरेको भन्दै पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेका उनलाई नुवाकोट जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जनाइएको छ ।