
अनसनस्थल पुगेका घिमिरेका मागप्रति ऐक्यवद्धता जनाउँदै प्रतिनिधिसभा सदस्इ तथा कांग्रेस नेता अर्जुननरनरसिंह केसी, साथमा कांग्रेस नेताहरु श्रीराम ढुंगाना र सरोज केसी, तस्बिर ः सरोज केसी
काठमाडौं । किसानहरुको हितका लागि भन्दै वैशाख १ गतेबाट अनसन सुरु गर्नुभएका नुवाकोटका किसान श्रीराम घिमिरेको अनशनप्रति कांग्रेस नेताले ऐक्यबद्धता जनाएका छन् । नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं २ का किसान श्रीराम घिमिरेले रत्नपार्कमा सुरूगर्नु भएको अनसनमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य माननीय अर्जुन नरसिंह केसीले आज अनसनस्थल पुगेर ऐक्यबद्धता जनाउनु भएको हो ।
घिमिरे गत बर्ष पनि विभिन्न माग सहित भुगोल पार्क आमरण अनसन बस्नुभएको थियो । दशौं दिनको अनसन पछि नेपाल सरकार कृषि मन्त्रालयले घिमसरे पाँच बुँदे सहमति गरेको थियो । तर सरकारका तर्फबाट हालसम्म पनि कार्यान्वयनमा बेवास्था गरेकोले अनशन बस्न बाध्य भएको घिमिरले बताउँदै आउनु भएको छ । घिमिरेले उठाउनु भएको मागप्रति ऐक्यबद्धता जनाउँदै सांसद केसीले सरकारले पूरा गर्नुपर्ने बताउनु भएको छ ।
उहाले किसानलाई राहत हुने विषयमा किसानहरु यसरी अनशन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ ।अनसनस्थलमा कांग्रेस नोतहरु श्रीराम ढुंगाना, सरोज केसीले पनि उहाका मागप्रति ऐक्वयवद्धता जनाउनु भएको छ । घिमिरले आफ्ना विगतका पाँच बुँदे मागलाई पुन दोहोर्याउँदै अनशन थाल्नु भएको हो ।
उहाले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत विनियोजन गरिनुपर्ने,कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरि आवश्यक मल,बिउ विन, र औजारहरु पूर्ण रुपमा अनुदानमा उपलब्ध गराउनुपर्ने जस्ता माग उठाउनु भएको छ । यस्तै प्रोजेक्टको आधारमा ५०) लाखसम्म १० प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गरिनुपर्ने, अनुदानलाई भुमि र भाडामा यातायातको सर्वशुलभतालाई व्इवस्थापन गर्न कार्डको आधार बनाउनुपर्ने, पुर्व पश्चिम नहर निर्माण अविलम्ब सुरु गर्नुपर्ने माग उठाउनु भएको छ ।