
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न धार्मिक पर्व तथा बिदाहरुमा पनि आफ्नो काम कारबाही नियमित राख्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आज एक सूचना जारी गर्दै नेपाल सरकार गृह मन्त्रालयबाट २०८० माध २० गते राजपत्रमा प्रकाशित सूचना अन्र्तरगत सार्वजनिक सेवा सम्बिन्ध विशेष व्यवस्था भए अनुसार धार्मिक तथा सांस्कृति बिदाहरुमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवाहरु नियमित रहने जानकारी गराउनु भएको छ ।
प्रशासन कार्यालयले भोलि रामनमवीका दिन पनि नागरिककता, राहदानी , राष्ट् िपरिचयपत्र सम्बनिध कामहरु नियमित हुने उल्लेख गरेको छ । यस्तै जेठ १० गते चण्डी पूर्णिमा,जेठ १५ गते गणतन्त्र दिवस,भदौं ३० ते सोमबार रक्षा बन्धन जूता अन्य पर्वहरुमा पनि प्रशासनबाट प्रवाह हुने उक्त सेवाहरु नियमित हुने उल्लेख गरिएको छ । प्रशासनले यस्ता महत्वपूर्ण सेवाहरु बन्द हुदा समस्या पर्ने भन्दै सार्वजनिक विदाका दिन नि नियमित गरिने बताइएको छ
