
नुवाकोट, बैशाख १४ । जंगलमा लागेको (डडेलो) घरसम्म पुग्दा नुवाकोटमा एक घर जलेर ध्वस्त भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार जिल्लाको सूर्यगढी गाउँपालिका स्थित जंगलमा लागेको डढेलोले घर ध्वस्त भएको हो ।जंगलबाट सल्केको आगोले सूर्यगढी गाउँपालिका ३, चतुरमालाका स्थानीय तेजबहादुर तामाङको घर जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट तामाङको घरमा भएको अन्न, भाँडाकुँडा, ग्याँस, लत्ताकपडालगायतको लाखौं रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पछिल्ला दिनमा जंगलमा आगो लगाउने क्रम नै चलिरहेको छ । आगो लगाउनु पनि एक प्रकारको अपराध हो भन्ने जान्दा जान्दै पनि मानिहरुबाट यस्ता कायम गर्न भने छाडिएको छैन । आगो लगाउनेको पहिचान गरेर कारबाही गर्ने भनिएको भएपनि कारबाहीको दायरमा भने कोही आएका छैनन् ।