
काठामाडौं । एन आई सी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहनुभएका अर्जुन राज खनिया सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु भएका खनिया बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगाल्नु भएको छ ।

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गर्नु भएको थियो । २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त हुनुभएका उहाँ बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिनुभएको बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि उहाँ बैंकको क्तचबतभनष्अ एभचायचmबलअभ प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । उहाको नेतृत्वमा बैंकले अझ आफूलाई बलियो बनाउँदै लैजाने जारी गरिएको विज्ञप्तिमार्फत विश्वास व्यक्त गरिएको छ ।