
काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब तथा अशक्त बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ ।

काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा लेख्दै देशभरका जनुसुकै पालिकाका गरिब तथा अशक्त बिरामी नागरिकले सिफारिस लिएर आए काठमाडौं महानगरले निःशुल्क उपचार सेवा उपलब्ध गराउने बताएका छन् ।
‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।’ साथै, उनले टोल छिमेक वा आफन्त यो वर्गमा पर्ने भएमा खबर गरिदिन पनि आग्रह गरेका छन् । बालेनले ११८० मा निःशुल्क फोन गर्न वा काठमाडौं महानगर स्वास्थ्य विभागको ठेगाना पनि दिएका छन् ।
बालेनले गरेको यो पोष्टको चौतर्फी वाइवाई भैरहेको छ । सामाजिक सञ्जालमा त यो पोष्ट शेयर गर्नेहरुको संख्या बढिरहेको छ । तर बालेनले भनेजस्तो राजधानीमा आएर निःशुल्क उपचार लिन भने निकै सकस व्यहोनुपर्ने भन्दै कतिपयले सस्तो लोकप्रियता लागि गरिएको प्रचार भन्दै आरोप पनि लगाएका छन् ।