
काठमाडौँ, वैशाख २२ गते । नेपालीहरुको पहिलो रोजाई बनेको अमेरिकाको लागि भरिएको चिठ्ठा अमेरिकी डाइभर्सिटी भिसा डि.भी. २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ ।
यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ । पछिल्लो समय नेपाली युवा, युवतीदेखि हरेक तहमा मानिसहरु अमेरिकाप्रति आकर्षित हुँदै आएका छन् । हरेक वर्ष लाखौंले अमेरिकाको लागि डिभि भर्दै आएका छन् । डिभि परेर नै वर्षका दुई देखि तीन हजार अमेरिका पुगेका छन् ।