
२२ वैशाख, हेटौंडा । बागमती प्रदेश सभाका पाँच वटा विषयगत संसदीय समिति सभापति चयनका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने सहमति जुटेको छह । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शुक्रबार राख्नुभएको सर्वदलीय बैठकमा सभापति चयनका लागि निर्वाचन गर्ने प्रदेशसभामा सहभागि दलरुबीच सहमति जुटेको हो ।

प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन् । प्रदेश सभामा निर्वाचन प्रक्रियाबाट सभापति चयन हुनेछ । सत्ता गठबन्धनले भने सर्वसम्मत तरिकाले चयन गर्न खोजेको छ ।
गठबन्धनले नेपाली कांग्रेस, एमाले, माओवादी र एकिककृत समाजवादीले एक एक समिति लिने गरि सहमतिको प्रयास थालेको बताइएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वसम्मत रूपमा सभापतिको टुंगो लगाउने बताउनुभयो । उहाले । उहाले प्रदेश सभाका पाँच ठूला दललाई एक–एक वटा समिति सभापति दिएर जाने विषयमा सहमतिको प्रयास भैरहेको नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले सभापति पाउने छन् ।१८ पुस २०७९ मा प्रदेश सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि १२ असार २०८० मा आएर मात्रै प्रदेशका पाँच वटा संसदीय समिति गठन भएको थियो । संसदीय समिति चयनको जिम्मेवारी सभामुखको भए पनि प्रदेश सभामा रहेका दलहरूबीच भागबन्डा नमिल्दा सभापति चयन हुन सकेको थिएन ।