
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । भोलि शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न आज अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ । कांग्रेसले यसअघि आफूले अघि सारेको विषयमा पछि नहट्ने संकेत यसअघि नै गरिसकको छ ।
सभामुख देवराज घिमिरेले मंगलबार बोलाउनाु भएको बैठकमा कांग्रेस सहकराी प्रकरणमा संसदीय छानविन समिति बनाउन पर्ने अडान दोहोर्याएको छ । तर एमाले र रास्वपाले भने समिति गठन नहुने आफ्नो अडान पनि पूर्ववत रुपमा नै राखेका छन् । यसले संसदको अधिवेशन फेरि अन्योलपूर्ण अवस्थामा गुज्रने संकेत देखिएको छ ।