
१ जेठ, काठमाडौं । आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको लागि दलहरु सहमतिको प्रयासमा लागेका छन् । मुख्य रुपमा प्रधानमन्त्री पुक्ष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यको प्रयासमा नेपाली कांग्रेसका नेताहरुसँग सम्वाद जारी राख्नुभएको छ । उहाले आज बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेका छन् ।
आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन् । कांग्रेसले पनि संसदीय मान्यता अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा लचकता अपनाउने नीति लिएको छ । सहमति नभएपनि आज कांग्रेसले सहज रपमा राष्ट्पतिलाई नीति तथा कार्यक्रम बाचन गर्न दिन तयार देखिएको छ । सहमति नभएको खण्डमा राष्ट्पति संसदबाट बिदा भएपछि भने आफ्नो अडान यथावत राख्ने तयारी गरेको छ ।
सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । सत्तापक्षले यसलाई अस्वीकार गर्दै आएका छन् ।