
सुगिता शाह
मैले जीवनमा धेरै थरी बा देखे , इमान्दार बा, बेईमान बा , जड्याहा बा , सौतेलो बा , आफ्नै बा, अरूका बा, अल्छि बा , जागरिला बा,रिसाउने थर्काउने हप्काउने बा , छोराछोरीलाई जे गरे नि वास्तै नगर्ने बा, आमाले थप्पड लगाउँदा प्रतिकार गर्ने बा, आमाले थप्पड लगाउँदा अझै थप्पड थप्ने बा यी थरि थरिका बा ले सन्तानको मनमा आआफ््नै तरिका ले बास पाउँछन । आमाको गर्भमा बिउ रोप्दैमा सबै बा बा हुदैनन ।

बा जस्तै देखिने कैयन बाहरू पनि बा हुदैनन । बा हुनत जिम्मेवारीले किचिएको हुनुपर्छ, मनमा सन्तानको भबिष्य रचिएको हुनुपर्छ , आँखाले सन्तानले हिड्नेबाटो उनीहरू नहिन्दै देखिसकेको हुनुपर्छ । बचन कडा मन भुवा हुनुपर्छ । सन्तानले बाटो बिराउँदा तरेका आँखा उनीहरू बाटो लागि सकेपछि चम्किला हुनुपर्छ । अनि मात्र हरेक बा , बाजस्तै हुन्छन् । मलाई याद भएसम्म बालाई फुर्सदिलो कहिल्यै देखिन स्कूल पढाउनु , साँझ बिहान पुजा आरधना गर्नु, बगँैचामा गोडमेल गर्नु ,एकछिन फुर्सद निस्क्योकि धार्मिक पुस्तक अध्ययन गर्नु मेरा बाको दैनिकी थियो । नियमित बिद्यालय जानुबाहेक सबै दैनिकी आजसम्म पनि उस्तै छ । मौकामा हिराफोर्नु बेमौकामा कौडि नफोर्नु भन्ने मेरा बाको जीवन सुत्र हो नभए त हामी आधा दर्जन सन्तानले कहाँ सहजै हुर्कन पाउथ्यौ होला र ? हामी छोराछोरी फुर्सद मा बसेको देख्योकी आँखा तरिहाल्ने ।
बिहान चार बजे नउठे हप्काईहाल्ने , बाटो हिन्दा पनि माने घोकाउन लगाउने बाले हामीप्रति गर्ने शासकिय ब्यवहार थियो । बालाई देखाउनकै लागि भएपनि हामीले किताव समाएर बस्नु पथ्र्यो , कोदालो समाएर बारिमा उभिनु पथ्र्यो, माने (अंग्रेजी नेपाली शब्द अर्थ ) लेखेको कपि स्कूल जादाँ पनि हातमा बाले देख्ने गरि बोकेर हिड्नु पर्थो । नभए वाको प्रवचन घण्टौ सुन्नु पथ्र्यो यहि प्रवचन घण्टौं सुन्नु पर्ने डरले हामी बा सँग तर्कि तर्कि भागि हिड्थ्यौं
पढ पढ भनेर वाक्क दिक्क बनाउने, खाली बसेको देख्यो कि कुनै न कुनै काम लगाईहल्नु पर्ने बाको त्यो बेलाको बानी थियो । ऐले सम्झदा लाग्छ त्यो त जीन्दगी बनाउने जग रहेछ, आधार रहेछ । बा को रगत र शरिरको कण कणमा मेहनत गर्नु पर्छ , समय भनेको हिरा हो मोति हो भन्ने थियो । नभए त दैलेखको दुर्गम गाँउमा बा बाले हुर्काएका सन्तानहरू एकसे एक सक्षम हुन कसरी सक्थेर ? नातीहरू डाक्टर ,वकिल ,इन्जिनियर ,अफिसर नातिनीहरू अमेरिका , क्यानडा , जापान सम्म पुगेर कसरी कर्मशील बन्न सक्थे होलार ? लाग्छ आज हाम्रा सन्तानहरूमा पनि हाम्रो भन्दा बढि बाकै जैबिक गुण सरेको छ त्यसैले बा नाति नातिनिहरू पनि उत्तिकै अब्बल र मेहेनती भईदिए ।
आज पनि बा गर्भले छाती फुलाउदै भन्नुन्छ छोरो सिपाही भइदिए हुन्थ्यो भनेर भगवानसंग प्रथना गर्दथे जर्नेल बनिदियो छोरी आफ्नो खुट्टामा उभिदिए हुन्थ्यो लाग्थ्यो शिक्षा सेबी समाजसेवी बनि , नातीहरूले डाक्टर, वकिल, इन्जिनियर पढे नातिनिहरू जापान,अमेरिका क्यानडा पुगेर कर्मशील बने , बुहारी ,जुवाईहरू सबै असल भेटिए बा को भक्तिभाव र कर्मशिल जीवन देखेर भगवान पनि प्रसन्न हुनुभएछ क्यारे बाले जति भगवानसँग बरदान माग्नु त्यो भन्दा बढि थपेर भगवानले अशिर्वाद दिनु भो । आज यो समाजमा बहस चलिरहन्छ छोराछोरीलाईशिक्षा दिनेकी संस्कार ? सुखमा हुर्काउने की दुःखमा हु्काउने ? धन दौलत साचि राख्ने की नराख्ने ? यी सबै प्रश्नको उत्तर त म संग छैन ।
हामी गाडी ,बाइकमा कुदिंरहदा बाले असी बर्षको उमेरमा पनि स्वयम्भू बाट पशुपति हिन्दै पुगेर सतसंगतमा रमाएको देखेकोछु , सरकारी जागिरको नियमित पेन्सन आईरहदा पनि महाबौद्धबाट हातमा सकेजति सामान बोकेर स्वयम्भूको किनारा पसलमा लगेर बिक्रि गरेको देखेको छु , अस्पतालको शैष्यामा बयानब्बे बर्षको उमेरमा पनि निरन्तर धार्मिक पुस्तक अध्ययन गरेको देखेको छु । अत्यन्त आवस्यक नभै बाले न हाम्रा लागि न आफ्नालागि एक पैसा खर्च गरे । तर जोगी सन्त महात्माको सेवा र दान गर्न चाहि बाले लोभ गरेको देखेको छैन । मैले होस सम्हाले देखिनै कुनै दिन पनि बाले जाड ,रक्सि, खैनी, चुरोट खाएको देखेको छैन । बिना काम बराल्लिएर हिडेको देखेको छैन ।
आमालाई गालि गरेको कुटपिट गरेको देखेको छैन । यसैले पनि शरिरको मासु सुकेर हाडछाला मात्र बाँकी रहेका मेरा बालाई म अझैं पनि हिरो देख्छु , बा हामी सारा सन्तानको लागि महापुरूष देख्छु । छत्तिस बर्ष नौ महिना चारदिन शिक्षासेवी बनेका मेरा बाका थुप्रै चेला चेलीहरू बिभिन्न क्षेत्रमा रहेर देशको सेवामा समर्पित हुनु हुन्छ , हामीलाई अझैं पनि उहाँहरू हामीलाई हाम्रो नाम र काम भन्दा बढि आफ्नो हेडसरको छोराछोरी भनेर चिन्नु हुन्छ । तर बा अझैं गुनासो गर्नु हुन्छ मैले यो समाज र रष्ट्रकोलागि केही गर्न सकेन तिमीहरूले गर्नु पर्छ ।
बाको बोलिचाली , बा र मैले गरेको भलाकुसारी सुनेर अस्पतालमा बाको बेडको छेवैमा उभिएकी नर्स भन्नुहुन्छ कस्तो ज्ञानी बा यस्तो बा त सबै ले पाउन । हो मलाई पनि त्यस्तै लाग्छ असल सन्तान चाहने हरेक पुरूष मेरा बा जस्तै बनुन । अनि सबैले मेरा बा जस्तै बा पाउन भनेर टोलााउदै थिए एकहुल बाका भजनमण्डलीका साथीहरू ढोकामा देख्छु । बाको अनुहारमा चमक देख्छु । नोस्टाल्जियाको उडान अबरूद्ध हुन्छ यथार्ततताको धरातलमा अतिथि सत्कारको भूमिका निर्वाह गर्नतर्फ लाग्छु ।