
विदुर । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । यस्तै चालक उनका श्रीमान भने गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आज वैशाख ५ गते बिहान ८ बजेको समयमा दुप्चेश्वर गाउँपालिका वडा नं ३ राउतबेशी स्थित पुरगाउँ तर्फबाट त्रिशुली तर्फ आउदै गरेको बा २ ख ६३८१ नम्बरको बसले बिपरित दिशातर्फ बाट जादै गरेको बागमती प्रदेश ०२०२० प ४८५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलकमा सवार रुपसानी तामाङको मृत्यु भएको छ भने चालक तथा उनका श्रीमान दुप्चेश्वर गाउँपालिका वडा नं ३ का अक्सर तामाङ गम्भीर घाइते भएका छन् ।
मोटरसाइकलमा पछाडि बसेकी श्रीमती बर्ष ४९ की तामाङ गम्भीर घाईते भई तत्काल उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पताल पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । चालक तामाङको भने उपचार भई रहेको छ । घटना पश्वात बस चालक जिल्ला नुवाकोट लिखु गाउँपालिका वडा नं ०४ बस्ने मुनहरी मगर र बस प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसनधान भैरहेको जनाइएको छ ।