
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउने प्रयासमा प्रमुख दलहरुको जारी जारी रहेको छ । हिजो गठन भएको कार्यादलले आज बिहानेबाट आफ्नो काम सुरु गर्दैछ । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्ने बताइएको छ ।

तस्बिर ः गुगल फाइल
सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर समितिको कार्यादेश टुंगो लागेको छैन । नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री समेत मुछिएको भन्दै छानविन समितिको माग गर्दै संसद वैठक अवरुद्ध पार्दै आएको छ ।दलहरुबीचको सहमति अनुसार आजबाट संसद पनि सूचारी हुने नेताहरुले बताएका छन् ।