
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मंगलबारका दिन गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापनको प्रस्तावलाई सभाको सर्वसम्मतले पारित गरेको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को दुवै सभाको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभएको थियो । बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नुभयो ।
यसैगरी, बैठकले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रस्तुत गर्नुभएको राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक २०८० फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । राजनीतिक दलसम्बन्धी९दोस्रो संशोधन नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिन जेठ ११ गतेका लागि मिति तोक्नु भएको छ ।
सभामुख घिमिरेले बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिने सांसदहरूलाई दलीय आधारमा नाम टिपाउन पनि आग्रह गर्नुभयो । आर्थिक वर्ष २०८१र८२ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमको संशोधन पेश गर्न जेठ ९ गते बुधवार बिहान ११ बजेदेखि दिउसो २ बजेसम्मको समयको व्यवस्था गरिएको सभामुख घिमिरेले जानकारी गराउनुभयो ।