
काठमाण्डौ । स्वरोजगारमुक तालिमका लागि काठमाडौं महानगरपालिकामा उत्साहजनक सहभागिता देखिएको छ । उक्त तालिमका तथा सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने तयारी गरेको छ । महागरले २०८१ को शुभारम्भसँगै दुई हजार ८१ जनालाई सीपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य लिएको थियो ।

तोकिएको सङ्ख्याभन्दा बढी आवेदन परेपछि शैक्षिक संस्थासँग सहकार्य गरेर तालिम उपलब्ध गराउने योजना रहेको काठमाण्डौ महानगरको सामाजिक विकास विभाग निमित्त प्रमुख बिमला कोइरालाले बताउनुभयो । महानगरले गएको वैशाख १९ गतेदेखि सीप मेला शुरु गरेको छ ।
मेलामा आबेदन दिएका मध्ये ६० हजार जना भन्दा धेरेको मागजात पूरा भएको छ । दुई हजार ८१ जनालाई तत्काल तालिम दिने र अरुलाई पनि चाँडै कार्यक्रम सार्वजनिक गर्ने कोइरालाले बताउनुभयो ।