
नगरपालिका वडा नं.१० स्थित तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ । शनिवार दिउसो तादी खोलास्थित घुमाउने दहमा पौडी खेल्न गएका ककनी गाँउपालिका वडा नं. ४ बस्ने अन्दाजी वर्ष १८ का हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नं. १३ बस्ने अन्दाजी बर्ष १९ का रोजन तामाङको खोलामा डुबेर मृत्यु भएको हो ।
‘अन्दाजी १८÷१९ बर्षका ६ जना केटाहरु पौडी खेल्ने क्रममा खोलामा डुबि बेपत्ता भएको भनि यस कार्यालयमा सूचना प्राप्त हुनसाथ १४ः०० बजे यस कार्यालय मातहत प्रहरी चौकी तादिपुल नुवाकोट र प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा खटि गई खोजतलास गरी उनीहरुलाई उद्धार गरिएको हो–जिल्ला प्रहरी कार्यालयले भनेका छ– बेहोस अवस्थामा एम्बुलेन्समा राखी त्रिशुली अस्पताल नुवाकोटमा उपचारको लागि ल्याईएकोमा निजहरुलाई चिकित्सकबाट मृत घोषणा गरिएको हो ।