
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक भएकाे छ । क्रिकेटप्रेमीहरूको ध्यान विश्वकपमा भइरहँदा विश्वकपका खेलाडीहरुलाई उत्साहित बनाउनका लागि अध्यक्ष ओलीको गीत सार्वजनिक गरिएको हो ।

खेल र खेलाडीको सम्मानमा लेखिएकाे उक्त गीतमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वर छ । खनाललाई गीतमा आरसी रिमालले साथ दिएका छन् । त्यस्तै, साहस शाक्यको संगीत संयोजन रहेको छ ।
एक दशकपछि टी–२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाका साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो । गीत गायक पृथ्वी खनालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । नेपाली राजनीतिमा सक्रिय अध्यक्ष ओली राजनीतिक अलावा खेलकुद, साहित्य, मनोरञ्जन लगायतका क्षेत्रमा पनि सक्रिया हुनुहुन्छ । जसका कारण सबै तहमा समुदाय र वर्गका मानिहरु अध्यक्ष ओलीप्रति बढि आकर्षित हुने गरेका छन् ।
एमालेले सञ्चालन गरेको मेची महाकाली यात्रामा समेत ओलीले बालबालिकादेखि वृद्धहरुसँग समेत भेटघाट गर्ने फोटो चिच्ने विद्यालयका विद्यार्थीहरुलाई भेट्न, रमाइलो गर्ने गर्नुभएको तस्बिरहरु सार्वजनिक भएका थिए ।