
Oplus_2
बनेपा, जेठ २० गते । काभ्रे उद्योग वाणिज्य सङ्घको ४२ औँ साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि प्रताप बैद्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार बिहान सम्पन्न अधिवेशनले सङ्घको बरिष्ठ उपाध्यक्षमा रविन्द्र बैदार, उपाध्यक्षमा सुरेशभक्त भोछिभोया, उमेशरत्न शाक्य निर्वाचित हुनुभएको हो ।

सङ्घको महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा कृष्णलाल श्रेष्ठ, सह–सचिवमा रामकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा श्यामकुमार भालु (श्रेष्ठ) र मुख्य संयोजकमा रवि तौजले निर्वाचित हुनुभएको छ ।
सङ्घको खुल्ला कार्यसमिति सदस्यहरुमा हरिचन्द्र अधिकारी, निर्दोष पलाञ्चोके, रोसन खुप्पा श्रेष्ठ, राजनबहादुर ढकाल, रहदेव पोटे, सजन मानन्धर, रजेन्द्र पसछे, नरेशराज कायस्थ, गौतम मानन्धर, सुमन चौ प्रधान निर्वाचित हुनुभएको हो ।
सङ्घको महिला सदस्यमा पूर्णिमा प्रधानाङ्ग, कमला अवाल र्निविरोध, क्षेत्रगत कार्यसमिति सदस्यतर्फ भगवती श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, एसोसिएट कार्यसमिति सदस्यतर्फ दुर्गालक्ष्मी रञ्जितकार, वस्तुगततर्फ प्रेमबहादुर तामाङ र्निविरोध निर्वाचित हुनुभएको हो ।
सङ्घको नेतृत्वका लागि प्रताप बैद्य, राजन मानन्धरले प्यानलन खडा गरेर र वसन्तनारायण भोछिभोयाले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । अध्क्षका उम्मेदवार बैद्यले ४८७ मत ल्याएर विजयी हुनुभयो भने बैद्यसँग पराजित मानन्धरले ४५७ मत र भोछिभोयाले ११७ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचनमा दुई प्यानल र स्वतन्त्र गरी ७१ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । सङ्घको अध्यक्षमा विजयी बैद्यले सबैलाई समेटेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।