
काठमाडौं । सत्तारुढ दलभित्रै बाट बजेटका विषयमा असन्तुष्टि व्यत्त हुन थालेको छ । सत्ताको मुख्य सहयात्री दल एमालेले आफूहरुको सुझाव नलिइ बजेट निर्माण गरिएकोमा असन्तुष्टि व्यक्त गरेको छ । पार्टी अध्यक्ष केपी शमौ ओलीले शनिबार बजेट माओवादीप्रति लचक भएको टिप्पणी गरेको भोलिपल्ट संसदबाट नै एमालेले त्यस्तो असन्तुष्टि व्यक्त गरेको छ ।

आज आइतबार बजेटमाथिको छलफलमा सहभागी हुँदै एमाले सांसद विष्णु पौडेलले बजेट बनाउँदा प्रमुख दलका शीर्ष नेताहरूसँग सुझाव लिन आग्रह गर्दै यस पटक आफूहरसँग सुझाव नदिएको आशय व्यक्त गर्नुभयो । उहाले घुमाउरो रुपमा अर्थमन्त्रीप्रति संकेत गर्दै भन्नुभयो‘अत्यन्त्यै व्यस्तताबीच बजेट निर्माण गर्नुपर्छ । असीमित समय हुँदैन, निश्चित समयभित्र यो काम गर्नुपर्छ । मन्त्रीज्यू यस्तो व्यस्त हुनुभयो कि सरकारमा सहभागी भएका राजनीतिक दलहरू, प्रमुख दलका नेताहरूसँग पनि बजेट निर्माणका निम्ति सरसल्लाह गर्न, सुझाव लिन भ्याउनुभएन। भ्याउनुभएको थियो भने बजेट अझै राम्रो हुने थियो,’ बजेट तुलनात्मक रूपमा सन्तुलित रहेको उल्लेख गर्दै उनले घुमाउरो भाषामा बजेटका लक्ष्य पूरा गर्न सहज नरहेको टिप्पणी पनि गर्नुभयो । पौडेलले भन्नुभयो, ‘खासगरी बजेटको स्रोतका सन्दर्भमा उहाँले जुन खालका प्रस्ताव गर्नुभएको छ, त्यो हेर्दा उहाँले चुनौती सिर्जना गर्ने र सामना गर्ने अठोट गरेको म पाउँछु।’
वैदेशिक सहायता, वैदेशिक ऋण, आन्तरिक ऋण, आर्थिक वृद्धिलगायतका लक्ष्य पूरा गर्न सहज नभएको टिप्पणी गर्दै उहाले असम्भव भने नरहेको बताए। चालू आवको जेठ १६ गतेसम्म एक खर्ब २६ अर्ब मात्रै पुँजीगत खर्च रहेको उल्लेख गर्दै पौडेलले आगामी आवका लागि तीन खर्ब पुँजीगत खर्च गर्ने लक्ष्य सहज नभएको उल्लेख गर्नुभयो । बजेट निर्माणमा देखिएको दलहरुबीचको आन्तरिक विवादले वर्तमान सत्ता सहयात्री दलहरुबीच समन्वय नभएको स्पष्ट देखिएको छ । यसले संयुक्त गठबन्धन भत्कन संकेत पनि गरेको छ । यद्यपि एमालेले गठबन्धन भत्काउने विषयमा भने आफ्ना अभिव्यत्ति दिएको छैन ।