
काठमाडौं । ट्राफिक कारबाहीमा परेका सवारीचालकलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा परेका सवारीचालकलाई गत बुधबारबाट पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेपछि त्यसविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो।
गृह मन्त्रालय, ट्रफिक महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै परेको रिटमा सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ।