
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा सिंगो नुवाकोटमाथि रिस साँधेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेसका तर्फबाट बजेटको छलफमा आजको प्रतिनिधिसभा बैठकमा भाग लिदै पूर्व अर्थमन्त्री डा. महतले यस्तो बताउनु भएको हो ।
गत वर्ष आफू अर्थमन्त्री भएका बेला गृहजिल्ला नुवाकोट र आफ्नो निर्वाचन क्षेत्रमा विशेष बजेट छुट्याउनु भएका डा. महतले ती योजनामा आगामी वर्ष बजेट पेस हुँदा ती योजनामा आगामी वर्ष बजेट पेस हुँदा बजेट कटौती भएपछि सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ती योजनामा आगामी वर्ष बजेट पेस हुँदा बजेट कटौती भएपछि सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहनु भएका डा. महतले नुवाकोटको सदरमुकामबाट सिन्धुपाल्चोकको सीमाना गोल्फु भञ्ज्याङसम्म पुग्ने सडकको ठेक्का प्रक्रिया रोक्दै बजेट कटौती गरिएको भन्दै असन्तुष्टि जनाउनु भएको हो । उक्त सडकको बहुवर्षे ठेक्क लागेको थियो । आइतबार संसदमा बजेटमाथि छलफलमा भाग लिँदै महतले भन्नुभयो ‘उहाँले रिस साँध्नुभयो । आधा जनताले प्रयोग गर्ने बाटोको बजेट रोकिदिनुभयो ।
सदरमुकामदेखि गोल्फु भञ्याङसम्मको बाटोको स्रोत सुनिश्चित भएर ठेक्का प्रक्रिया अघि बढेर प्राविधिक टुंगो लागेपछि भौतिक मन्त्रालयले रोक्यो । अर्थ मन्त्रालयलाई पनि भनेँ । अहिले कोल्याप्स् । म मात्र हिँड्ने बाटो हो त्यो ? एमाले र माओवादीले प्रयोग गर्दैएनन् के गर्न खोजेको ?
काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गलाई पनि बजेट नभएको मा डा महतले असन्तुष्टि व्यक्त गर्नुभयो । ‘एउटा छहरे टोखा सुरुङमार्ग नुवाकोट जाने मात्र बाटो होइन । चीनको सीमा पुग्ने छोटो बनाउने बाटो हो, पृथ्वी राजमार्गलाई जोड्न । त्यो बारेमा उहाँ मौन हुनुहुन्छ बजेटको त कुरै छैन । यो दुर्भाग्यपूर्ण कुरा हो,’ महतले भन्नुभयो । डा. महतल अर्थमन्त्री भएका बेला छहरे टोखा सुरुड.मार्गका लागि एक अर्ब र गगटेदेखि गोल्फु भञ्याङसम्मको लागि १ अर्ब २० करोड स्रोत सुनिश्चित सहित गत वर्ष ३० करोड बजेट विनियोजन गर्नुभएको थियो ।
बहुवर्षीय ठेकक्काको रुपमा डिभिजन सडक कायाृलय नुवाकोटले ठेकका प्रक्रिया सुरु गरेको थियो । उक्त प्रक्रियाको प्राविधिक विषयको स्वीकृतका लागि सडक विभागमा पठाइएको थियो तर सडक विभागले उक्त फाइल रोकेर राखेको थियो । तर यो वर्ष सरकारले उक्त सडकका लागि कुनै बजेट विनियोजन गरेको छैन ।
डा. महतले सरकारको बजेट हेर्दा राम्रो देखिए पनि प्रतिफल दिन नसक्ने खालको भएको टिप्पणी समेत गर्नुभयो । उहाले आन्तकिर ऋण बढेकोप्रति चिन्ता व्यक्त गर्दै ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उडाउनु ठुलो कुरा भएको बताउनुभयो ।