
विदुर । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले नुवाकोटको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । आज जेठ २२ बाट सुरु हुन लागको अधिवेशन जेठ २४ गते सम्म सञ्चालन हुनेछ । नुवाकोटको ढिकुरेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनको बन्दसर्त बट्टारमा हुने छ । पार्टी अध्यक्षका लागि एमालेले ठाउँ ठाउँमा गेट तथा स्वागतका लागि घडा राखेर स्वागतद्धार राखिएको छ ।

बिहान ११ बजे अधिवेशनको उद्घाटन गर्ने तयारी गरिएको नेकपा एमालेले जनाएको छ । अधिवेशन सफल बनाउन स्वयम् सेवक परिचालनदेखि प्रतिनिधिहरुलाई खस्नका लागि विदुर र बट्टारमा होलहरुको व्यवस्था समेत गरेको छ । अधिवेशन सफल बनाउनका लागि जिल्ला कमिटि बैठकले अधिवेशन प्रतिनिधिका लागि जिल्लाका भूगोल, जनवर्गीय सङ्गठन र विधानबमोजिमका निकायबाट विभिन्न उपसमिति गठन गरिएको थियो । अधिवेशन तयारीको लागि ५४३ जना प्रतिनिधीहरु चयन गरिएको थियो ।
जसमा मूल आयोजक समितिसहित १५ भन्दा बढी उपसमिति गठन गरिएको छ । अधिवेशनका लागि जिल्लाको ८८ वटै वडाबाट प्रतिनिधि छनोट भैसकेका छन् । प्रत्येक वडाबाट समावेशी रुपमा महिला, दलित, जनजाती, खुला गरि ७ देखि १५ जनासम्म प्रतिनिधि अधिवेशनका लागि आउने एमालेका सचिव सुदर्शन नेपालले जानकारी दिनुभयो । उता अधिवेशन नजिकिएसँगै अध्यक्षसहित पार्टीको पदाधिकारीका लागि जिल्ला नेताहरुले लबिड. थालेका छन् ।
पार्टी अध्यक्ष मैनाली दोस्रो कार्यकालका लागि पनि सर्वसम्वत रुपमा अध्यक्ष बन्ने दाउँमा रहनु भएको तर , उहालाई सर्वसम्वत हुन भने दिने स्थिति नदेखिएको एमालेका एक जिल्ला नेताले बताए । अध्यक्षका लागि अन्य नेताहरुले पनि इच्छा देखाएका छन् । अधिवेशनमा विगतमा एमाले छाडेर माधव नेपालको पार्टीमा लागेर नारायण खतिवडा पक्षका नेताहरुले छुट्टै रुपमा अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ । यद्यपि उक्त समुह संस्थापन भन्दा निकै कमजोर रहेको एमाले वृत्तमा नै चर्चा रहेको छ ।
अध्यक्षका लागि केशव पाण्डे, केपी लामिछानेसहितका नेताहरुले वर्तमान अध्यक्ष मैनालीलाई अध्यक्ष बनाउन लागिपर्नु भएको छ भने नारायण खतिवडा, विदुरका पूर्व मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, जिल्ला सचिव सुदर्शन नेपालसहितका नेताहरु भने बुद्धि प्रधानलाई अध्यक्ष बनाउन लागि पर्नु भएको छ । ६ सय १२ प्रतिनिधि सहभागि हुने अधिवेशनले पाँच पदाधिकारीसहित १सय ५ जनाको कार्यसमिति चयन गर्नेछ ।
। नेताहरुले आआफ्नो निकटका नेताहरुलाई अध्यक्ष बनाउन लागि पर्न थालिसकेकाले सहमतिको सम्भावना भने कमजोर हुँदै गएको देखिन्छ । यद्यपि नेताहरुले भने सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भने अन्तिमसम्म रहने बताएका छन् ।अध्यक्ष मैनालीले भने अध्यक्षका इच्छा गर्ने साथीहरु भएपनिआफ्नो विकल्पमा अरु नभएको दावी गर्नुभएको छ ।
नुवाकोट पुकारसँग मैनालीले भन्नुभयो, मेरो विकल्पमा अर्को छैन, साथीहरुले इच्छा राख्नु भएको छ प्रतिनिहिरुबाट म सर्वसम्वत हुने कुरा सतप्रतिसत छ , यसमा दुईमत छैन ।