
विदुर । नुवाकोट जिल्लाको अर्को महत्वपूर्ण सडक गंगटे–लब्धु–समुन्द्राटार–गोल्फु भन्ज्याड्ग. सडकको बजेट रोकिएको भन्दै नेपाली कांग्रेस आन्दोलित भएको छ । वर्तमान सरकारले स्रोत सुनिश्चित भैसकेको सडकको ठेक्का रोकिएपछि नेपाली कांग्रेस नुवाकोट अन्र्तरगत क्षेत्र नं १ को क्षेत्रीय समितिले विरोधका कार्यक्रम तय गरेको छ ।

क्षेत्रीय समितिले भोलि बिहान ७ बजे ढिकुरे पुलमा खबरदारी सभाको आयोजना गर्ने जनाएको छ । क्षेत्रीय समितिको नाममा सार्वजनिक गरिएको कार्यक्रममा उक्त सडकसहित अन्य आयोजानहरुमा बजेट रोकिएको उल्लेख गदै खबरदारी कार्यैक्रम भनिएको छ ।
मुख्य रुपमा नुवाकोट जिल्लाको दोस्रो ठूलो सडकका रुपमा रहेको उक्त सडक आयोजना निर्माण भएसँगै तादी, लिखु,दुप्चेश्वर,सुर्यगढी सहितका पालिकाहरुले बढि लाभ लिन सक्ने उक्त सडक मध्यपहाडी लोकमार्गसँग पनि जोडिएको छ । जुन नुवाकोटको सडक निर्माणको अर्को मुख्य मेरुदण्ड रुपमा मानिएको छ ।
उक्त सडक निर्माणका लागि डिभिजन सडक कार्यालय नुवाकोटल २०८० साल चैत्र १० अनलाइन मार्फत सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
तर सूचना प्रकाशित भएको लामो समयसम्म पनि त्यसको ठेक्का प्रक्रियाको काम सुरु नभएपछि त्यसमाथि थप शंका उत्पन्न भएको थियो । ठेक्का प्रक्रियालाई लागि डिभिजन सडक कार्यालय नुवाकोटले प्राविधिक विषयका सधै काम पूरा गरेर सडक विभागलाई पत्र सहितको प्रतिवेदन बुझाएको थियो । तर विभागमा पुगेपछि उक्त पत्रको जवाफ नआउँदा आर्थिक रुपमा ठेक्का प्रक्रिया अघि बढाउन सकिएको थिएन । अर्थमन्त्रालयले २०८० मंसिर १८ गते राष्ट्यि योजना आयोगलाई पत्र लेखे १ अर्ब २० करोडको स्रोत सुनिश्चितता भएको पत्र पठाएको थियो ।
मन्त्रालयले स्रोत सुनिस्चित गरेसँगै उक्त सडक बहुवर्षीय योजनाका रुपमा ठेक्का प्रक्रिया अघि बढाइएको थियो । तर सरकार परिवर्तन भएसँगै उक्त आयोजनको काम अघि बढ्न सकेन । सरकारले नै उक्त सडकको काम रोक्दै आर्थिक वर्ष ०८१।०८२ का लागि समेत बजेटमा समावेश गरेको छैन । जसका कारण सडक नबन्ने पक्का जस्तै भएको छ । तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यकालमा उक्त सडकका लागि ३० करोड बजेटसँगै १ अर्ब २० करोडको प्राविधिक इष्टमेटलाई आधार मानेर अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित सहित राष्ट्यि योजना आयोगलाई पत्र पठाएको थियो ।
आयोगको सोही पत्र अनुसार सडक डिभिजन कार्यालय नुवाकोटलाई ठेक्का प्रक्रिया सुरु गर्न अनुमति दिएको थियो । डिभिजन सडक कार्यालयले ठेक्का प्रक्रियाको काम सकेर विभागमा स्वीकृतका लागि पठाएको थियो । तर विभागबाट पत्र नआएपछि सडकको ठेकका प्रक्रिया राेिकएको अनुमान गरिएको थियो । सो अनुसार कांग्रेसले खबरदारी गरेपनि सरकारका तर्फबाट नै उक्त ठेक्का प्रक्रिया रोकिएको छ ।
कांग्रेस क्षेत्रीय सभापति धुव्र श्रेष्ठले नुवाकोट जिल्लामा यति ठुलो र महत्वपूर्ण सडक राजनीतिक पुर्वाग्रहका आधार रोकिनु लगत भएकाले बजेटको निरन्तरताका लागि खबरदारीसभाको आयोजना गरिएको जानकारी दिनुभयो ।