
२७ जेठ, काठमाडौं,एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार साँझ ७ बजेको सयमा राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् ।शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई पनि निमन्त्रणा गरिएको छ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ समारोहमा सहभागी भएका छन् । मोदीसँगै उनको मन्त्रिपरिषदका सदस्यहरुले पनि शपथ लिएका छन् । भारतमा मोदी यो तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका हुन । उनको पार्टी भारतीय जनता पार्टीले यस पटक बहुमत ल्याउन नसकेपनि सो पार्टी सँगगठबन्धन गरेका दलहरुको समर्थनमा मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न सफल भएका हुन । यस्तै कंग्रेस आइका अध्यक्ष राहुल गान्धी विपक्षी दलको नेताको मान्यता पाएका छन् । गत निर्वाचनमा भन्दा यस वर्षको निर्वाचनमा कांग्रेसले शानदार स्थान प्राप्त गर्न सफल भएको छ ।