
२८ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज विश्वासको मत लिनु हुने भएको छ । पाण्डेले आज विश्वासको मत लिने भएपछि आफ्ना पक्षमा समर्थन जुटाउन उहाले भेटघाटलाई पनि तिब्र पार्नुभएको छ ।
उहाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद र अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका सांसद र अध्यक्ष डा. बाबुराम भट्टराई र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेसँग काठमाडौंमा विश्वासको मतबारे सहमति गरेर मुख्यमन्त्री पाण्डे पोखरा फर्किएको बुझिएको छ । जेठ २५ गते काठमाडौंबाट फर्केलगत्तै मुख्यमन्त्री पाण्डेले २८ गते ३ बजे विश्वासको मत लिने जानकारी संसदलाई गराउनु भएको थियो ।
प्रदेशसभामा कांग्रेसका २७ सांसद रहेका छन् । यस्तै एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र माग गरेका मनाङे छन् ।बुहमतका लागि ३० सांसदको समर्थन आवश्यक पर्दछ ।
केन्द्रमा नेताहरुबचि भएको सहमति अनुसार अघि बढेमा पाण्डेले विश्वासको मत पाउने सम्भावना भने बलियो रहेको छ । पछिल्लो समय केन्द्र सरकारमा भएको फरबदलसँगै प्रदेश सरकारहरु पनि फेरि क्रम बढेको छ । जसका कारण प्रदेशमा स्थायित्व भने हुन सकेको छैन ।