
काठमाडौं । मुस्लिम आयोगले सोमबार इर्दको मुख्य दिनका रुपमा सार्वजनिक बिदाका लागि सरकारलाई सिफारिस गरेको छ । आयोगलको जेठ ३१ गतेको निर्णय अनुसार मस्लिम समुदायको धार्मिक पर्व ईद,उल ,अजाहा(बकर ईद) २०८१ साल असार ३ गते सोमबारदेखि तीन दिनसम्म मनाउन गैरहेकाले उक्त असार ३ गतेलाई सार्वजनिक बिदा घोषणा गर्न लागि नेपाल सरकार गृहमन्त्रालयलाई सिफरिस गर्ने निर्णय अनुसार गृह मन्त्रालयलाई सिफारिस गरिएको आयोगका सचिव रमेश न्यौपानका नामम जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र ( ईद र ईदुज्जुहा ( बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा ( राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी (बलिदानको सम्झना हो जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए ।
इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्राय एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदै आएका छ्न् । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्णरुप उपवास व्रत बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान समेत गरिन्छ । सरकारले भने बिदा घोषणा गरिसकेको छैन ।