
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैध भरुवा बन्द्कसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयले आज जारी गरेको प्रेस नोट अनुसार हिजो जेठ ३१ गते साढे एक बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नं १३ स्थित बिकेश लामाले आफ्नै घरमा अबैध रुपमा बिना लाईसेन्स लुकाइ रोको भरुवा बन्दुक बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा प्रहरी अधिकृत सहितको टोलीले उनको घरमा खानतलासी गर्दा अबैध रुपमा लुकाई छिपाई राखेको ४ फिट २ ईन्च लम्बाई भएको घरेलु हातहतियार भरुवा बन्दुक थान १ र हतियारमा बारुदको रुपमा प्रयोग गर्ने सलाईहरु र छर्राको लागि प्रयोग हुने ६९५ ग्राम किटको टुक्राहरु समेत बरामद गरेको जनाइएको छ ।
हरियारसहित पक्राउ परेका २१ वर्षीय लामालाई जिल्ला अदालतको अनुमतिमा पाँच दिन थप हिरासतमा राखेर अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय नुवाकोटको सूचना अधिकारी तिलक रुवालीले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख गरिएको छ ।