
काठमाडौ दक्षिणकाली नगरको बोसनडाँडा । पछिल्लो समय काँठ पाखा भित्तामा बाटो पु¥याइएको छ । होटल रिर्सोट खुलेक छन् ।
काठमाण्डौ – काठमाण्डौ उपत्यकाको तापक्रम हिजोको तुलनामा आज केही घटेको छ । आज बेलुकादेखि केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बेलुकादेखि काठमाण्डौ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज बेलुकीपख र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो ।
मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उहाँले बताउनुभयो । हिजोको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताउनुभयो । आज काठमाण्डौको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । हिजोको अधिकतम तापक्रम ३३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।उज्यालो अनलाइन