
परिवार भन्ने बित्तिकै हामी आफ्नोपन र सितलताको अनुभुति गर्छौ । साथ, साहरा र जीवनको मार्ग निर्देशन गर्ने , हामी बाच्नको लागि प्रेरणा , हौसला र उर्जा प्रदानगर्ने अनुहारहरू सम्झन्छौँ आदिम कालदेखिनै ब्यक्तिगत जीवनको ब्यवस्थापन, बालबालिकाको उचित रेखदेख,पालन पोषण, बृद्धहरूको सम्मान र सेवा , सामाजिक मूल्य मान्यता र रितितिथी को ब्यवस्थापन र समाजलाई ब्यवस्थित अनुसाशित बनाउन पनि परिवारको महत्वपूर्ण भूमिका हुन्छ । परिवार बिनाको मान्छे आर्थिक रूपले सम्पन्न भए पनि आफूलाई एक्लो र सहाराबिहिन महसुस गरिरहेको हुन्छ ।

परिवारमा आ–आफ्नो स्वार्थ र इच्छा पूरा गर्नको लागि एकले अर्कोलाई गर्ने अपमान जनक ब्यवहार, मानसिक दवाव, हिसात्मक ब्यवहारले परिवारिक हिंसा सृजना हुन्छ ।
एक जना महिला बर्षौदेखि रक्सी सेवन गर्ने श्रीमानको हेपाई कुटाई बाट आजित थिइन, बेला बखत आफ्ना पिंडा माईती र साथीभाईलाई नसुनाएकी पनि होइनन् तर सबैले तीन तीनवटा छोराछोरीको बाबुलाई कसरी छोड्छ्यौ भन्थे उनलाई पनि हो जस्तै लाग्थ्यो एक दिन यस्तो आयो श्रीमानले तीन छोरी उनी र आफैलाई समेत पेट्रोल छर्केर आगो लगाए । दुर्भाग्य दुई छोरीको मृत्यू भयो उनी एक छोरी र श्रीमान अझैं घाइते अबस्थामा अबस्थामा हस्पिटलमा उपचाररत छन । श्रीमान हस्पिटल बाटै जेल जानेछन् । उनी र एक छोरी पिडायुक्त घाइते जीवन गुजार्न बाध्य हुनेछन । एक जना ब्यक्तिले श्रीमती र हुर्केका दुई छोराछोरी ले निरन्तर आफुमाथि गरेको अपमानजनक ब्यबहार सहन नसकेर श्रीमती दुईछोराछोरी लाई खुकुरीले छप्काएर आफु पासोलगाएर मरे । , एकजना चेलीले म घरमा बस्न सक्दिन जान्न भनेर अनेक याचना गर्दा पनि माईतिले इज्जत र संस्कार सम्झनु पर्ने भन्दै सम्झाएर घर पठाउँछन अन्ततहः ती चेलिले आत्महत्या गर्छिन । आफ्नै श्रीमतीले लगाएको बलत्कारको आरोपमा न्याएधिश भुवन गिरिले जेलजानु परेको घटना पनि जनमानसमा ताजै छ ।यी त प्रतिनिधि घटना मात्र हुन यस्ता तमाम घटनाहरू नेपाली समाजमा दिन प्रतिदिन घटिरहेका छन ।
अब को बिकल्प के त ?
परिवारको खुशीको मुल मन्त्र नै माया , प्रेम र ममता हो । प्रेम स्वस्फुर्त र सुन्दर चीज हो । जतिसुकै आदर्शको कुरा गरे पनि आफु सँग असल ब्यबहार गर्ने , आफुलाई बुझ्ने ब्यक्तिलाई मात्र प्रेम गरिन्छ । कुनै पनि सम्बन्धमा जब डर त्रास र बाध्यता हुन्छ त्याहाँ प्रेम र सद्भाब मर्छ । प्रेम र सद्भाव बिनाको सम्बन्धमा रहनु मृत्यूलाई अंगाल्नु एउटै हुन्छ । जहाँ प्रेम र सद्वाब हुदैन त्यहाँ रिस आबेग पालेर बस्नु भन्दा कानुनी उपचार खोज्नु उत्म हुन्छ । कानुनले आँशु र भावनाको वकालत गर्दैन । यथार्तता र हरेक ब्यक्तिको जीवन रक्षाको कुरा गर्छ । कसैलाई मार्न र मर्न बाध्य बनाउन कानुनले छुट दिएको छैन । सक्छौ मिलेर बस सक्दैनौ छुटिएर बस भनेर कानुले ब्यवस्था गरिदिएकै छ । यस कुरालाई आम नेपाली अभिभावक र युवा पुस्ताले सहजै बुझ्न जरूरी छ ।
आत्म निर्भरता र स्वतन्त्रतातर्फ उन्मुख रहेको नेपाली समाजमा अब इज्जतको परिभाषा व्यक्ति स्वयम्को सिप दक्षता र कर्मले हुनु पर्छ नकी उसको वैवाहिक स्थिती । सन्तान जन्माएपछि जिम्मेवारी बहनगर्न सम्बन्ध बिच्छेदले कुनै फरक पर्दैन पनि जीम्मेवार र बुद्दिमानले जस्तो सुकै अबस्थामा आफ्ना सन्तानप्रतिको दायित्व पूरा गर्छन नै मुर्ख र स्वाठ व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर जिम्मेवारी बहन गर्न लगाउनु पर्छ चाहे व्यक्ति महिला होस् वा पुरूष । तर नमिल्मे मनहरू एउटै घर एउटै कोठामा बसिरहनु भन्दा सहज रूपमा छुटिएर स्वतन्त्र पुर्वक जीउने कुरालाई समग्र समाजले पनि सहजै रूपमा स्वीकार गर्ने हो भने हिंसा र अपराध न्यूनिकरणमा केही सहजता पक्कै हुन्छ ।(लेखिका ः विभिन्न संस्थामार्फत सामाजिक कार्यमा सक्रिय हुनहुन्छ ।)