
काठमाडौं । हिजो सार्वजनिक भएको उच्च माध्यमिक शिक्षा परीक्षा एसईईको नजिता अनुसार नुवाकोटका अर्का एक विद्यार्थीले पनि ४ जिपिए ल्याउन सफल भएका छन् । राजधानीको तारकेश्वर नगरपालिका धितालथोकमा रहेको सामुदायिक विद्यालय पृथ्वीनाराण माध्यमिक विद्यालयमा अध्ययनरत छात्र स्वराज सुवेदीले ४ जिपिए ल्याएको विद्यालयका शिक्षक शिवराम चालिसेले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

नुवाकोट जिल्लाको पञ्चकन्या गाउपालिकास्थित वडा नं २ कविलासमा जन्मिएका स्वराज सुवेदीले ४ जिपिए ल्याउन सफल भएका हुन । पञ्कन्याका रामेश्वर सुवेदीका छोरा स्वराज केही सयम नुवाकोटकै एक विद्यालयमा अध्ययन गरेर राजधानी आएका थिए । पढाईमा अब्बल विद्यार्थीका रुपमा निकै अनुशासित र इमान्दार विद्यार्थी रहेको विद्यालयमा प्रधानाध्यापक नारायणप्रसाद काप्रीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
स्वराजले उत्कृष्ट नतिजा ल्याएसँगै विद्यालयले खुशी व्यक्त गरेको छ । विद्यालयकातर्फबाट भनिएको छ ,माध्यमिक शिक्षा परीक्षा २०८० मा पृथ्वीनारायण माध्यमिक विद्यालयबाट सर्वोत्कृष्ट ४. जि.पि.ए. प्राप्त गर्ने भाइ स्वराज सुबेदी लगायत उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनी हरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौँ। विद्यालयले सार्वजनिक गरेको विवरण अनुसार ९७ जना विद्यार्थीले एसईई दिएकोमा १ जनाले ४ जिपिए ल्याएसँगै ३५ जनाले ३.६१ अर्थात ए प्लस, ४४ जनाले ३.२१ र ११ जनाले २.८१ जिपिए ल्याउन सफल भएका छन् ।
नतिजा विवरणः
जम्मा विद्यार्थी सङ्ख्या ९७ जना
जिपिए ३.६१ देखि जिपिए ४.०० सम्म ३५ जना(ए प्लस)
जिपिए ३.२१ देखि जिपिए ३.६० सम्म ४४ जना (ए)
जिपिए २.८१ देखि जिपिए ३.२० सम्म ११ जना (बी प्लस)
गतवर्षको एसईईमा तारकेश्वर नगरपालिकाको उत्कृष्ट विद्यालयको रुपमा रहेको पृथ्वीले गत वर्ष बागमती प्रदेश सरकारबाट पनि चौथो उत्कृष्ट विद्यालयको रुपमा घोषित भएको थियो । यसैबीच आफूले सोचभन्दा राम्रो अंकसहित एसईई उत्र्तीण भएपछि स्वराजले आफू अब विज्ञान विषय लिएर अध्ययन गर्ने बताएका छन् । उनका बुबा रामेश्वर सुवेदीले पनि छोराको इच्छा अनुसार अध्ययन गराउने बताएका छन् ।

उच्च अंक ल्याएरसँगै विद्यालयले उनलाई सम्मान गर्ने बताइएको छ । यस्तै तारकेश्वर नगरपालिकाले पनि सामुदायिक विद्यालयबाट राम्रो नतिजा ल्याएकोमा खुशी व्यक्त गर्दै उनलाई बधाई दिएको छ । नगरपालिकाका मेयर कृष्णहरि महर्जनले स्वराज, विद्यालय, शिक्षक र अभिभावको मेहेनताका कारण सफल भएको भन्दै सबैलाई बधाई दिएका छन् ।