
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका अगुवा किसानलाई हाते ट्याक्टर बितरण गरिएको छ । बेलकोटगढी नगरपािलका वडा नं १० र बक्रेश्ररी कृषि शहकारी संस्थाको साँझेदारीमा किसानलाई हाते ट्याक्टर वितरण गरिएको हो ।

आज एक कार्यक्रमकाबीच वडाको तर्फबाट बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालले कृषहरुलाई ट्याक्टर हस्तान्तरण गर्नुभएको थियो । वडा अध्यक्ष प्रल्हाद थपलीयाका अनुसार नगरपालिकाले उक्त कृषि सहकारीमार्फत ५० प्रतिशत अनुदानमा किसानलाई ट्याक्टर प्रदान गरेको हो ।
वडाको उक्त कार्यक्रम अनुसार ४८ कृषकले ट्याक्टर लिएका छन् । पछिल्लो समय कृषिमा आधुनिकिरणसँगै कृषकहरु पनि हाते औचार भन्दा बढि यस्ता आधुनिक प्रविधिसँग जोडिएका छन् । ट्याक्टरसँगै गोरु पाल्ने र जोत्ने कार्य झन्झटिलो हुने भएकाले पनि यसमा किसान आकर्षित भएका हुन । कृषिमा आधुनिकिकरणसँगै कृषहरुले गोरु पाल्न छाडेका छन् ।

कार्यक्रममा नगरपालिकाका उपमेयर दाहालले कृषिको विकासका लागि यसलाई आधुनिकिरण गर्दै जाने प्रयास स्वरुप नगरपालिकाले यस्ता कार्यक्रम ल्याएको बताउनुभयो । उहाले यसको सहि रुपमा सद्पयोग गर्दै कृषिको विकास लाग्न पनि कृषकहरुलाई आग्रह गर्नुभएको थियो । वडा अध्यक्ष थपलीयाले आगामी दिनमा वडाले कृिषको विकासका लागि अन्य कार्यक्रमहरु पनि ल्याउने प्रतिवद्धता जनाउनु भएको थियो । टयक्टर लिएसागै स्थानीय कृषक सागर खड्काले खेतीगर्नका लागि सहज भएको बताए ।

नगरपालिकाले यसअघि अन्य वडाहरुमा पनि टयक्टर लगायत , बिउ बिजनहरु पनि वितरण गरेको थियो । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रिक व्यवस्थासँगै स्थानीय तहहरुले आफ्नो पालिकाको विकासका लागि यस्ता महत्वपूर्ण कार्यक्रम ल्याउँदै आएका छन् । जसबाट नागरिकले संघीयताको अनुभूति गर्न पाएका छन् ।