
काठमाडौं । ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२४’ सम्पन्न भएको छ । हालै सम्पन्न भएको उक्त प्रतियोगितामा पुरुषतर्फ राजेन्द्र दुतराज र सिर्जन विश्वकर्मा क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअप बनेका छन् । यस्तै सरोज सुनार र सन्ध्या विश्वकर्माले उपाधी हात पार्न सफल भएका छन् । राजधानी काठमाडौंमा भएको फिनालेमार्फत उनीहरूले उपाधि चुमेका हुन् । यस्तै प्रतियोगितामा महिलातर्फ जेसिका घिमिरे फर्स्ट रनरअप र आकृति घतानी सेकेन्ड रनरअप बने भने

मोडल तथा कोरियोग्राफर सञ्जय विश्वकर्माको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फिनाले चर्चित मोडल तथा कोरियोग्राफर दिक्पल कार्कीले होस्ट गरेका थिए । त्यस्तै अलिशा गहजराजले पनि कोरियोग्राफीमा सघाएकी थिइन । प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धादिङ, बुटवल, पोखरा, चितवन लगायत विभिन्न जिल्लाका २५ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा चार प्रदेशबाट ‘मिस्टर एण्ड मिस विश्वकर्मा’का उपाधि जितेका चार जना महिला पुरुषको सहभागी थियो ।कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका सञ्जय विश्वकर्माले ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाहरुका लागि मञ्च निर्माण गर्नु पर्छ भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए ।विश्वकर्मा समुदायको युवा यस मञ्चले प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उनको भनाई छ । फिनालेमा विजेताहरुलाई ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो । त्यस्तै बि एण्ड सी कम्पनी दुवईले विजेतालाई सात दिनको दुवई भ्रमण गराउने घोषणा गरेको बताइएको छ ।

नेपालका विभिन्न ठाउँबाट उपस्थित भएका दर्शकहरूले सुरू देखि अन्तिम सम्म मनोरञ्जन लिएका थिए। कोरियोग्राफर दिलिप ओखेडा द्वारा तयार पारिएको राष्टिय भावको गीतमा बाट सुन्दर नृत्य पनि पस्केक थिए । विभिन्न चरणमा तयार पारिएको राउण्डहरू सुन्दर र आकर्षक तरिकाले प्रस्तुत गर्दा पहिलो र दोस्रो सिजनका सहभागि तथा बिजेताहरूले समेत निकैउत्साहकासाथ सहभागिता जनाएका थिए । प्रतियोगिहरुले विभिन्न चरणका फेसन सो र वाक हरू प्रस्तुत भएको कार्यक्रम संयोजक पवन रामदामले नुवाकोट पुकार डटकमलाइ बताउनुभयो ।