मङ्गलबारसम्म देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २८, सोमबार ०८:२९

काठमाडौँ, वैशाख २७ गते । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी मङ्गलबारसम्म देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव सक्रिय रहेको छ । साथै मध्य र पूर्वी क्षेत्रको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाले पनि मौसममा प्रभाव पारिरहेको छ ।


आज आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।


यस्तै सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
महाशाखाले मङ्गलबार पनि कोशी, मधेश र बागमती प्रदेशका केही स्थान तथा अन्य हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाएको छ ।


वर्षासँगै चट्याङ र हावाहुरीको सम्भावना रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *