चिम्टेश्वर साहित्यिक पदयात्राको एउटा दृश्य

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २०, बुधबार ०९:०६

२०८३ वैशाख २६ गते शनिवारका दिन अवस्मरणीय बन्यो ।
नुवाकोट साहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित आठौं नुवाकोट साहित्य पदयात्राअन्तर्गत चिम्टेश्वरसम्म पुग्नका लागि हामी बिहान सात बजे नै निर्धारित स्थान अर्थात् नुवाकोट क्याम्पसको गेटअगाडि जम्मा भयौँ । पदयात्राका कार्यक्रम संयोजक हुनुहुन्थ्यो रामकृष्ण अमर । उहाँले सबै सहभागीहरूलाई फोन सम्पर्क गर्नुभयो । बिहान आठ बजे प्रारम्भ भयो पदयात्रा । सो यात्रामा ३२ जनाको सहभागिता रहेको थियो । ती व्यक्तिहरू हुन्– रामचन्द्र ढुङ्गेल, मणिराज घिमिरे, सन्तोष भट्ट, रामप्रसाद चालिसे, रामहरि खनाल, कृष्ण न्यौपाने, लोकबहादुर पुँडासैनी, प्रकाश सडौला, दिपक तिवारी, सुरेन्द्र मुडभरी, कायरा मुडभरी, प्रमिला परी, मिलन गजुरेल, जानुका दाहाल, प्रशंसा दाहाल, वच्चुराम दाहाल, श्रीराम श्रेष्ठ, बादलमान श्रेष्ठ, सीता गुरुवाचार्य, रामकृष्ण अमर, भगवती खनाल, करण घ्लान, दिलबहादुर लामा, सिता तामाङ, सुरेन्द्र तामाङ, प्रकाश ढुङ्गाना, वाशु कारञ्जित, खुशी कारञ्जित, भीमबहादुर तामाङ, प्रदीपबहादुर नेपाल, चण्डीनाथ माता र सम्झना तामाङ ।
हाम्रो यात्रा पासाङल्हामुु राजमार्गमा पर्ने बट्टार, गँगटे, माझिटार, पीपलटार हुँदै तादीको पुल पुगेका थियो । पीपलटारसम्म केरुङ हाइवे भएका कारण बाटो फराकिलो छ ।


पीपलटारबाट अगाडि बढ्ने क्रममा पिच उप्केर मोटरबाटो क्षतविक्षत भएको छ । यात्रा गर्ने नै कठिन । तादीको पुल पारी बाटो साघँुरो छ । बाटो फराकिलो र नाला बनाउने काम भइरहेछ । बाटोको बायाँ दिशामा तादी खोला बगिरहेको छ । यो खोलाको पानी खासै सदुपयोग गर्न सकिएको छैन । म र मित्र रामचन्द्र ढुङ्गेलबिच तादी खोलाका बारेमा कुराकानी भयो । मैले तादी खोलाको पानीलाई आधुनिक प्रविधिद्वारा माछा पालन, खेती र पिउने पानीका लागि प्रयोगमा ल्याउन सकिने सुझाएँ । मित्र रामचन्दले भने सम्बन्धित निकायले डिपिआर तयार गरी तादी खोलालाई बाँध बाँधेर तलाउ बनाउन सके पोखराको फेवातालजस्तै रूप दिन सकिन्छ भन्ने कुरा गरे ।


तादी खोलाको पानीबाट कृषकहरूले अन्न, तरकारी खेती गर्नुका साथै क्रसर मेसिन र कुखुरा पालन व्यवसाय गरेको पनि देख्यौँ । काली घुम्ती हुँदै हामी धमले आइपुग्यौँ । धमलेबाट बाघखोर जाने पिच बाटो छ । उकालो भए पनि बाटो फराकिलो र पिचबाटो छ ।
कृषकलाई चटारो छ मकै रोप्न । मोटरबाटोको दायाँ–बायाँ खेतीयोग्य जमिन प्रशस्तै छ । खेतबारीमा मान्छेहरू देखिँदै छन् । ट्याक्टरद्वारा जमिन जोतेर मकै रोप्ने काम भइरहेको छ । बाटोको छेउ अर्थात् भिरालो ठाउँमा अम्रिसो झाडी देखिरहेका छौँ सायद यो खेती गरिएको होला । आजभोलि यसको बजार राम्रो छ ।


अम्रिसोलाई कुच्चोको रूपमा प्रयोगमा ल्याइन्छ । आफूूलाई पुगेर बढी भएको कुच्चो नजिकैको बजार बस्तीमा बेचबिखन गरी आम्दानी बढाएको देखिन्छ । अम्रिसो खेती नजिकै देखियो केरा खेती पनि । फलेको केरा बोटले थाम्न नसकेर टेको दिएर राखिएको छ । बोटमा नै केरा पहेँलपुर भएर पाकेको छ । पाकेको केरा बोटमा देखिएपछि खानुुपर्छ मित्र रामचन्द्र भन्दै थिए । केराघारी नजिकै रहेको घरमा गई केरा धनीलाई बोलाई पाकेको केरा खरिद गरी खायौँ । मालभोग केरा । साह्रै स्वादिलो वर्षमा डेढ दुई लाखको केरा बेच्ने गरेको भन्दै थिए केरा धनी ।
छिट्टै आइपुग्यौँ बेलकोटगढीको पुच्छारमा । गढीसम्म जानका लागि सिँढी प्रयोग गर्नुृ पर्दछ । बेलकोटगढी नगरपालिकाको वडा न १० मा पर्दछ यो ठाउँ । गढीकै नामबाट नगरपालिकाको नाम राखिएको हो । गढी शब्दले पुरानै किल्ला वा सुरक्षा चौकीलाई बुझाउँछ । स्थानीय रक्षा, प्रशासन र रणनीतिसँग गढीको इतिहास जोडिएको छ । बेलकोटगढी क्षेत्र प्राचीन समयदेखि नै काठमाडौं र तिब्बततर्फ जाने व्यापारिक तथा सैनिक मार्गसँग जोडिएको थियो । समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाईमा रहेको गढी ढुड्गाको पर्खालले घेरिएको छ । तीन रोपनी क्षेत्रफल फैलिएको गढीको सम्बन्ध शाह वंशीय राजाहरूसँग पनि जोडिएको छ ।


गोरखाका राजा पृथ्वीनारायण शाहले नुवाकोट आक्रमणका लागि बेलकोटगढी एकरातमा नै निर्माण गरेका हुन् । पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले गोरखा राज्यको सेनापति महेश्वर पन्त र जयन्त रानालाई बनाएका थिए । वि.सं.१७३६ मा कान्तिपुर राज्यको नियन्त्रणमा रहेको नुवाकोट आक्रमण गर्न द्वय पन्त र रानालाई पठाइयो तर आक्रमण असफल भयो । दुवै सेनापतिले हारको दोष एकअर्कालाई लगाए । उनीहरूबाट नेतृत्व खोसियो । यसबाट आपूm अपमानित भएको महसुस गरी जयन्त राना कान्तिपुर छिरे । उनलाई कान्तिपुरका राजा जयप्रकाश मल्लले नुवाकोटको रक्षकको जिम्मेवारी दिई पठाए । निकै सतर्कताका साथ पुनः दोस्रो पटक पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरे । नुवाकोटको त्रिशूली नदी हुँदै गेर्खुको बाटो उकालो लागि महामण्डलबाट हमला गरे । तत्काल कालु पाँडेले रक्षक जयन्त रानालाई गोरखालीसँग मिल्न अनुरोध गरे । जयन्त रानाले काठमाडौंसँग हात हतियार सैनिक मागे तर त्यहाँ इन्द्रजात्रा भएकोले सम्भव भएन । युद्धमा गोरखाली सेनामा १७ देखि २० वर्षका सबै युवायुवती सामेल थिए ।

वि.सं. १८०१ असोज १५ गते नुवाकोटमाथि विजय प्राप्त गरे । नुवाकोट गोरखालीले कब्जा गरेपछि नुवाकोटका सिपाहीका फौज भागेर बेलकोट पुग्यो । बेलकोटमा पनि गोरखालीले हमला गरे । जयन्त राना पक्राउ परे । उनले आत्मसमर्पण गर्न मानेनन् । पृथ्वीनारायण शाहले जयन्त रानालाई जीवितै छाला काढ्ने आदेश दिएर उनको हत्या गरे । मृत शरीरलाई भुुइँमा गाडी मौलो गाडियो । उक्त मौलो अहिले पनि रहेको छ । मौलो अगाडि जमरा घर रहेको छ । दशंैमा स्थानीयले सामूूहिक जमरा राख्ने गरिन्छ । काठमाडौं हनुमान ढोकाको झैँ यहाँ पनि वैदिक विधिअनुसार मौलो र कोटको पूजा गर्ने चलन रहेको छ । यो चलन पनि आज पनि जीवित छ ।


गढीको उच्च भागमा निरञ्जना भगवतीको मन्दिर छ । उक्त मन्दिर पृथ्वीनारायण शाहको पालामा निर्माण गरिएको हो । २०७२ को भूकम्पले मन्दिरमा क्षति पुगेकाले पुनः निर्माण गर्ने कार्य पुरातत्त्व विभागले ग¥यो । तीन तले प्यागोडा शैलीमा रहेको मन्दिरका प्रवेशद्वारमा पत्थरद्वारा निर्मित दुुई वटा सिंंहको मुर्तिहरू छन् । मन्दिर बाहिर घण्टीहरूका साथै बत्ती बाल्नका लागि पित्तलका दियोहरू राखिएको छ । मन्दिरमा प्रयोग गरिएका ढोका, आँखी झ्याल र अन्य काठमा कलात्मक बुटाहरू कुँदिएको छ । मन्दिरभित्र निरञ्जना देवीका साथै अन्य देवीदेवताहरूका मूर्तिहरू छन् । यहाँ आई पूूजापाठ, दर्शन र भाकल गरेमा मनोइच्छा पूूरा हुने जनविश्वास रहेको छ । यस ठाउँलाई श्री स्वस्थानी व्रत कथामा देवीकोट नाम दिइएको छ भन्ने मान्यता त्यहाँ पाइन्छ । विशेष त यहाँ बेलको बोटहरू भएकाले यस ठाउँको नाम बेलकोट रहन गएको हो भनिन्छ । सत्ययुगमा यस ठाउँमा सतीदेवीको कुनै अंग पतन भएको हो भन्ने गरिन्छ । मन्दिरको नजिक एक सानो पाटी रहनुका साथै मन्दिर परिसरमा चुवा, सिमल, समी, बहर र खिरोका बोटबिरुवाहरू छन् ।


आकाश खुलेको समयमा यहाँबाट लाङटाङ, गणेश, जुगल, मानापाथीजस्ता हिमाली दृश्यका साथै नुवाकोटका ६० प्रतिशत भू–भागहरू देखिन्छ । कोट र मन्दिरलाई सुुचारु गर्नका लागि गुठीको पनि व्यवस्था गरिएको छ । यहाँको जात्रा र पूजा परम्पराहरूले बेलकोटगढीको ऐतिहासिक पहिचानलाई जोगाइराखेको छ ।
बेलकोटगढी र निरञ्जना भगवतीको अवलोकन दर्शनपछि हामी पुनः एकत्रित भयौँ । निरञ्जना मन्दिरको अग्रभागमा सामूहिक फोटो खिच्यांैँ । र कार्यतालिका अनुसार चियापानका लागि बाटो ततायौँ । बिहानको नास्ता, खानका लागि बेलकाटगढी वडा नं १० का वडा सदस्य सिता तामाङको घरमा निम्तो छ । हामी त्यहाँ गयौँ । उहाँको न्यानो आतिथ्यतामा नास्ता खायौँ ।


उहाँसँग बिदा भई पुनः यात्रालाई जोड्यौँ । पिच बाटो उकालै उकालो छ । उच्च ठाउँमा भएकाले होला चिसो बढेको छ । कालो बादल फाटी आकाश खुलेको छ । वातावरण घमाइलो घाम छ । पानी पर्ला भन्ने डर भएन । सडकको बिच भागमा गहुँ सुकाएका छन् स्थानीयले ठाउँ–ठाउँमा । मोटरसाइकल र स्कुटरको यात्रामा चिप्लेला भन्ने डर छ । यसो नगर्दा हुने हो । बाटोको दायाँवायाँ ऐँसेलुको घारी । ऐँसेलु लटरम्म पाकेको छ । हामी ऐँसेलु टिपेर खान रोकियौँ । कति स्वादिलो ! टिप्दै खायौँ । हाइजेनिक । न रोप्न पर्ने, न स्याहार सुसार गर्नुपर्ने । अचम्म ! एँेसेलुलार्ई व्यवसायिक खेती गरी यसबाट जुस, वाइन, चकलेट, अचार आदि परिकारको ब्रान्डिङ गर्न सकेमा अर्थ उपार्जन गर्न सकिनेमा कुनै दुविधा रहँदैन भन्दै थिए– मणिराज घिमिरे ।


यात्रा रमाइलो भएको छ । रमाइरहेका छन् सबै जना । कार्यक्रम संयोजक रामकृष्ण अमरजीको आवाजले हामी झस्किन्छौँ । समयको महत्त्वलाई बुझ्दै हामी लामबद्ध हुन्छौँ । हामी आइपुग्यौँ बाघखोर । यहाँ बेलकोटगढी नगरपालिकाको प्रशासनिक भवन रहेको छ । चहलपहल बढ्ने नै भयो । वित्तीय संस्था, होटल रेस्टुरेन्ट, प्रहरी चौकी, अन्य पसलहरू यथेष्ट छन् । बाघखोरमा रहेको होटल सूर्य एण्ड गेष्ट हाउसमा खाना खाने कार्यक्रम तय भएको छ । खाना तयारी हँुदैछ । एक आधा घण्टा होटल वरिपरि टहल्यौंँ । उच्च ठाउँमा रहेको हुदाँ वरिपरि रहेका ठाउँबस्तीहरू स्पष्टसँंग देखिने । दायाँ तादी र बायाँ त्रिशूली नदीको बिच भागमा मानव बस्ती देखिन्छ । नियाली हेर्दा वेत्रावती, कोलनी, त्रिशुुली, विदुर, बट्टार, पीपलटार, देवीघाट आदिका बस्तीहरू । सबै बस्ती एकै जस्ता देखिने । झुरुप्प परेका । बस्तीको निकै माथि सेता, काला बादलहरू उडिरहेको दृश्य मोहक देखिन्छ । हामीले ती दृश्यहरू क्यामराले कैद गर्न भ्यायौँ ।


खाना तयार भएको खबर आयो । खाना खायौं टन्न । उच्च ठाउँमा रहेकोले पकाएका सबै खानेकुराका परिकार मिठो थियो । उक्त खानपानको व्यवस्था वडा नं. ९ का वडआध्यक्ष दुर्गाप्रसाद गजुरेलले गर्नुभएको थियो । उहाँलाई नुवाकोट साहित्य प्रतिष्ठानको तर्पmबाट हार्दिक धन्यवाद दियौं ।

हामीहरूको अन्तिम गन्तव्य थियो चिम्टेश्वर । बाघखोरबाट बायाँ दिशाको कच्ची मोटरबाटोबाट अघि बढ्दै छौँ । पहिले बाटोे सानो थियो तर अहिले बाटो बिस्तार गरिएको छ । नयाँ माटो खुकुुलो हुन्छ । वर्षाका कारण बाटोको माटो बगाएर बाटोमा खाल्टाखुल्टी परेका छन् । ठाडो उकालो छ बाटो । बिग्रिएको बाटोमा यात्रा गर्न कठिन हुनु स्वाभाविकै हो । घना जङ्गलमा प्रवेश गरेका छौँ हामी । बाटो छेउमा काफलका बोटहरू प्रशस्त छन् । काफलगेडी पाकेर राताम्मे भएका छन् । लोभ नै लाग्ने । काफल टिपेर खानै व्यस्त भयौँ हामी । भुुइँबाटै काफल टिप्न सकिने । आपैmँले बोटबाट टिपेर कपाकप खाएको स्वादै भिन्नै । मित्र रामहरि खनालले भने रुख चढेर काफल टिप्दै थिए । टेकेको हाँगा भाचिएर लडिएला है भन्दै मैले सम्झाएँ ।


बाटोको असहजतालाई पन्छाउँदै हामी चिम्टेश्वर आइपुग्यौँ । चिम्टेश्वर महादेवस्थान नुवाकोटको साविक बेलकोट, कुमरी, जिलिङ तथा दुईपीपल गाउँविकासको सिमानामा रहेको थियो तर हाल बेलकोटगढी वडा नं २ मा रहेको छ । समुद्री सतहबाट २५ सय मिटरको उचाईमा रहेको चिम्टेश्वर घना जङ्गलको बिचमा रहेको छ । मन्दिर नजिक सल्लाघारी छ भने काफल, चिलाउने उतिस, सेती काठ, काली काठ, बाजो, मलागिरी आदिका बोटबिरुवाका साथै विभिन्न प्रजातिका चराचुरुङ्गी तथा रङ्गीविरङ्गी पुतलीहरू पाइन्छन् । यहाँ प्रशस्त मात्रामा जडीबुटीहरू पनि पाइन्छ । यस आधारमा भन्ने हो भने यो स्थान जैविक विविधताले भरिएको छ । मन्दिर नजिक हरियाली जङ्गल भएका कारण हाइकिङ र छोटो दूरीको ट्रेकिङ जान मिल्ने रहेछ ।


चिम्टेश्वर मन्दिर तीन तलाको प्यागौडा शैलीको छ । भूइँ तलामा महादेवको शिवलिङ्ग छ । शिवलिंगको माथि वासुकीनाथ छ । लिङ्ग वरिपरि डमरु साथै घण्टीहरू छन् । मन्दिर भित्र राखिएको अर्घौतो इसान कोणमा देखिनु पर्ने तर इसान र पूर्वको कोणमा राखिएको छ । त्यस्तै शिवलिङ्गको जल राख्ने दिशा उत्तर हुनु पर्नेमा यहाँ पूर्व राखिएको छ भनी रामकृष्ण अमरले जिकिर गर्नुभयो ।
मन्दिरको गजुर भने छैन । मन्दिरको ढोका, आँखी भ्mयाल र काठहरूमा कलात्मक चित्रमूर्तिहरू कुँदिएको छ । मन्दिर वरिपरि फलामे बार लगाई बत्ती बाल्नका लागि पित्तलको दियो राखिएको छ । मन्दिरको प्रवेशद्वारमाथि सेतो पुतलीहरू देखिन्छ । पुुतलीलाई नियाल्यौँ हामीले धेरै समय । प्रमिला परीले हाँस्दै भनिन्– “पुतलीहरू पनि भगवान शिवजीको दर्शन गर्न आएका होलान् ।”


मन्दिर नजिकै पानीको पनि व्यवस्था गरिएको छ । मन्दिरदेखि धेरै टाढा इनार खनी बिजुलीको माध्यमबाट त्यहाँ पानी झार्ने काम गरिएको छ । मन्दिरकै अग्रभागमा एउटा कुटी छ । त्यस कुटीमा आफ्नो नाम चण्डीनाथ बताउने माता बस्छिन् र उनी त्यहाँ १४ वर्षदेखि बस्दै आएकी छिन् । योगी नरहरिनाथकी चेली बताउने उनले लामो समयदेखि मन्दिरको रेखदेख गर्नुको साथै पुजारीको काम पनि गर्दै आइरहेकी छिन् ।
मन्दिरको प्रवेशद्वार अगाडि सुतिरहेको वासुकीनाथ भगवान आकृतिको मूर्ति राखिएको छ । पौराणिक कथनअनुसार नागराज वासुकीनाथ शिवजीका भक्त थिए । वासुकीले कठोर तपस्या गरेका कारण शिवजीको कृपा प्राप्त गरीे शिवका साथमा बस्न पाएको धार्मिक कथन छ । वासुकीनाथको शिर नजिकै शिलाद्वारा निर्मित साँढे आकृतिको ढुङ्गा छ । साँढे शिवजीको
वाहन हो । ऊक्त ढुङ्गालाई त्यहाँ पुग्नेहरूले तीन पटक उचालेर राख्ने गर्दा रहेछन् । यो के गरेको हो ? भनी पुजारीलाई सोध्दा पुजारी चण्डीनाथले भनिन्– ‘शिलाद्वारा निर्मित साँढेलाई दुई हातले उचाल्ने, चिम्टेश्वर महादेवलाई सके १०८ पटक घुम्ने तर नसकेमा तीन पटक घुम्ने र आफ्नो पीडा, दुःख भगवान शिवजीलाई बताउने । यसो गरेमा, भगवान शिवजीले सुन्नु हुन्छ ।’ गरुङ्गो साँढेको मूर्ति तीन पटक के एक पटक पनि उचाल्न सकसै पर्छ ।


मनको इच्छा पूूरा नभएमा, वस्तु भाउ राम्रो नभएमा, सन्तान नभएमा मानिसहरू चिम्टेश्वरमा आई पूजा आजा गर्ने गर्दछन् भन्ने कुरा हामीलाई ती पुुजारीले भनिन् । यहाँ पूूजापाठ गर्ने परम्परा लिच्छविकाल र मल्लकालदेखि नै रहेको छ भन्ने मान्यता पनि छ । अझ गाउँको रक्षा गर्ने देवता भएकाले चिम्टेश्वरलाई क्षेत्रपालका रूपमा पनि लिइन्छ । त्यहाँको मन्दिर भने हालसालै बनेको हो । पहिले त्यहाँ भव्य मन्दिर नभएको कुरा अझै पनि पाका मानिसहरू भन्दैछन् ।


चिम्टेश्वर परिसरमा भ्युुटावर पनि रहेको छ । भुुइँ तला चतुर्भुज र बाँकी अन्य छ तला गोलाकार रहेको छ । छैटौँ तलाबाट आकाश खुलेको समयमा गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा, सान्जेन, गौरीशङ्करजस्ता हिमालहरूका साथै काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, रसुवा, चितवन, गोरखा आदि जिल्लाका केही दृश्य देख्न सकिन्छ । चिम्टश्ेवर क्षेत्रभित्र समथर जमिन छ । साथीभाइ र पारिवारिक जमघट हुन उपयुक्त छ । ठूलो ढुङ्गालाई खापेर विभिन्न आकृतिका मूर्तिहरू ढुङ्गाको माथि ठड्याएर राखिएको छ । जुन दृश्य हेर्नका लागि आकर्षक देखिन्छ । यस क्षेत्रको थप विकासका लागि डिपिआर तयार गरी पार्कमा हेलिप्याड, होमस्टे, रेस्टुरेन्टजस्ता कार्यको परिकल्पना स्थानीय सरकारले गरेको छ ।


यस क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटन प्रवद्र्धनका लागि विगतमा श्रीमद्भागवत धान्याञ्चल विराट महायज्ञ, चित्रकला महोत्सव र आठौँ नुवाकोट चिम्टेश्वर साहित्य पदयात्राजस्ता गतिविधि गरिएका छन् । साथै यस क्षेत्रको संरक्षण गर्नका लागि चिम्टेश्वर विकास समितिसमेत गठन गरिएको छ ।


यहाँ जानका लागि विभिन्न बाटाहरू प्रयोग गर्न सकिन्छ । जस्तैः काठमाडौँको माछापोखरीबाट रानीपौवा हुँदै, स्वयम्भू–भीमढुङ्गाबाट चाउथे हुँदै, बालाजुबाट तीनपीप्ले हँदै, नागढुङ्गा पीपलामोड हुँदै, कलङ्की धार्के बाह्रबिसे भ्mयाङ्ली हुँदै, गल्छी हँुुदै दुुईपीपल भएर जान सकिन्छ भने गल्छीबाट भीमसेनबाँध गएर पनि उँभो लाग्न सकिन्छ । नुवाकोटको विदुरबाट तादी पुल हुँदै धमलेबाट पनि उँभो लाग्न सकिन्छ । जुन बाटो आज हामी आएका थियौँ ।


चिम्टेश्वरमा विशेष गरेर बालाचतुर्दशी, हरितालिका तीज, शिवरात्री, आदि पर्वहरूमा विशेष मेला मेला लाग्दछ ।
चिम्टेश्वरको उत्पत्तिसम्बन्धी धार्मिक कथनमा एकरूपता छैन । यस सम्बन्धमा भिन्न भिन्न भनाइ रहेको छ ।
प्राचीन समयमा एक सिद्धबाबाले त्यस क्षेत्रमा तपस्या गर्दा चिम्टा जमिनमा गाडिएको थियो । त्यही ठाउँमा दिव्य शक्ति उत्पत्ति भएकोले त्यसैबाट चिम्टा र ईश्वर (दिव्यशक्ति) मिलेर चिम्टेश्वर नामाकरण भयो ।


चिम्टेश्वरको उत्पत्तिलाई श्रीस्वस्थानी कथासँग पनि जोडिएको पाइन्छ । सतीदेवीको कुनै अङ्ग पतन भई शिवलिङ्ग उत्पत्ति भएकोले चिम्टेश्वर रहन गएको हो भन्ने जनविश्वास पनि त्यहाँ अझै छ । महादेवले समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विषलाई सेवन गर्दा डाह शान्त गर्न यसै ठाउँमा आई बस्दा चिम्टा हराएकोले चिम्टेश्वर नाम रहन गएको हो भन्ने मान्यता पनि त्यहाँ छ । तर हिमवत् खण्डमा त्यो स्थानका बारेमा त्यति चर्चा भएको पाइँदैन ।


धेरै पहिले त्यस क्षेत्रमा चिर–चिर आवाज सुनेका र त्यहाँ गई हेर्दा शिवलिङ्ग रहेको हुँदा शिवलिङ्गलाई स्थापना गरी पूजा पाठ गरियो । चिर शब्दबाट चिर्केश्वर नाम भएको हुन सक्छ । त्यही चिर्केश्वर शब्द पछि गएर अपभ्रंश भएर चिम्टेश्वर रहन गएको भन्ने पनि छ ।
चिर्को भनेको चट्याङ पर्दा निस्किने बिजुुली हो । त्यहाँ सधैँभरि चट्याङ् परिरहने भएकाले मानिसहरूले ढुुङ्गा स्थापना गरी भगवान महादेवको पूूजा गर्न थाले । र त्यस महादेवको नाम राखियो चिर्केश्वर । पछि त्यही नाम चिम्टेश्वर रहन गयो । यहाँ रहेको शिवलिङ्ग चर्किएको हुँदा स्थानीयस्तरमा प्रचलित यो तर्क वस्तुुगत लाग्दछ
एउटा गाईले हरेक बिहान एउटा ढुङ्गामाथि आफै दुध चुहिएको गाउँलेहरूले देखे । सो ठाउँ खनी हेर्दा महादेवको शिवलिङ्ग फेला प¥यो । सो शिवलिङ्गलाई नै पूजा आजा गर्न सुरु गरियो । गाईले दुुध चुहाएका कथाहरू अन्यत्रका मन्दिरसँग पनि गाँसिएका छन् ।
बाइसे चौबिसे राज्यको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गर्दा हार खाएपछि गुरु गोरखनाथको आज्ञाले यस ठाउँमा आई पूजा पाठ गर्नाले दोस्रो पटकको प्रयासमा नुवाकोट जित्न सफल भएको हो भन्ने भनाइ रहेको छ । खैर जे होस् यो ठाउँ रमणीय छ र सुुन्दर दृश्य हेर्नका लागि प्रख्यात छ साथै मनै लोभ्याउने प्रकृति छ ।


चिम्टेश्वर अर्थात् चिर्केश्वर क्षेत्रको अवलोकन गर्ने काम हाम्रो करिव–करिव सकिएको छ । पदयात्राको अन्तिम गतिविधि भनेको औपचारिक कार्यक्रम नै हो । उक्त कार्यक्रम गर्ने ठाउँ छनौट ग¥यौँ– सल्लाघारीमा रहेको समथर चौर । चौरमा रहेको दुईवटा सल्लाको बोटमा ब्यानरको वरिपरि पदयात्रामा सहभागीहरू गोलाकारमा बस्यौँ ।
पदयात्राले विशेष गरी बेलकोटगढी र चिम्टेश्वरलगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरू ओझेलमा परेका पक्षहरूलाई प्रवर्धन गर्ने मुख्य लक्ष्यका साथ पदयात्रा आयोजना गरिएको कुुरा मैले सबैलाई जानकारी गराएँ ।
पदयात्राले साहित्यलाई भूगोलसँग जोड्दै स्थानीय पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्दछ भन्ने भनाइ आयोजक संस्थाका उपसभापति जानुका दाहालले जोड दिइन् ।


कार्यक्रममा रामकृष्ण अमर, लोकबहादुर पुँडासैनी, भगवती खनाल, प्रमिला परी, करण तामाङ घ्लान, सन्तोष भट्ट, मणि घिमिरेलगायतका स्रष्टाहरूले कविता÷गीत÷मुक्तक वाचन गर्नुभएको थियो भने प्रकाश ढुङ्गाना, दीपक तिवारी, प्रकाश सडौला, रामप्रसाद चालिसे, रामचन्द्र ढुङ्गेल, सीता तामाङ र चण्डीनाथ माताले शुभकामना मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रममा श्रीराम श्रेष्ठ, रामकृष्ण अमर, भगवती खनाल ‘सुनाखरी’, करण तामाङ घ्लान, जानुका दाहाल र प्रमिला परीको संयुक्त मुक्तक सङ्ग्रह ‘मनका झिल्काहरू’ संयुक्त रूपमा विमोचन गरिएको थियो ।


आठौँ नुवाकोट साहित्य पदयात्रालाई बिट मार्नै लाग्दा पानीको छिटा हान्यो । पानीले बाटो भिजेपछि यात्रा गर्न कठिन हुने हुँदा हामी त्यहाँबाट अगाडि बढ्यौँ । बिच बाटोमा आएपछि झन् पानी बेस्सरी प¥यो । लड्दै, पड्दै अनि भिज्दै बाघखोरमा ओत लाग्न आइपुुग्यौँ । पानी पर्न छाडेपछि बाघखोर हुँदै आ–आफ्नो घरतर्पm लाग्यौँ । घर पुग्दा रातको नौ बजिसकेछ ।
अन्तमा,
(चिम्टेश्वर ! नमस्तुभ्यं चिर्केश्वर ! नमो नमः ।
तुङ्गाद्रिशिखरंवास ! महादेव ! नमो नमः ।।
(हे ! चिम्टेश्वर हजुरलाई नमस्कार छ । चिर्केश्वर भगवानलाई बारम्बार नमस्कार छ । उच्च पर्वतको शिखरमा निवास गर्नेवाला हजुरलाई नमस्कार छ ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *