परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जाने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २९, शुक्रबार १४:१८

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गतेदेखि असार ३ गतेसम्म औपचारिक भ्रमणका लागि चीन जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस नोट जारी गर्दै उक्त भ्रमणको कार्यक्रम सार्वजनिक गरेको हो।


मन्त्रालयका अनुसार मन्त्री खनाल चिनियाँ समकक्षी वाङ यी को निमन्त्रणामा चीन जान लागेका हुन्। भ्रमणका क्रममा उनले बेइजिङ मा वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्।


वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने तथा विभिन्न द्विपक्षीय मुद्दामा छलफल हुने जनाइएको छ। साथै मन्त्री खनालले चीनका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।


भ्रमणका क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाली दूतावासद्वारा आयोजित इन्भेष्टमेन्ट कन्फ्रेन्समा पनि सहभागिता जनाउनेछन्। उक्त कार्यक्रममा उनले चिनियाँ व्यवसायी समुदायसँग छलफल गर्दै नेपालमा लगानीका सम्भावनाबारे जानकारी गराउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *