प्याब्सन नुवाकोटद्वारा जिल्ला स्तरीय अन्तरविद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १, सोमबार १४:२६

नुवाकोट, असार १ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा आइतबार जिल्ला स्तरीय अन्तरविद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।


प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन बागमती प्रदेशका अध्यक्ष तथा प्याब्सन नुवाकोटका वरिष्ठ सल्लाहकार रामहरि रिमाल प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी प्याब्सन नुवाकोटका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार ठाकुरप्रसाद पुडासैनी विशिष्ट अतिथि रहनुभएको थियो भने प्रमुख सल्लाहकार ताराबहादुर कार्की, प्रदेश सदस्य सुनिल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।


प्रतियोगिताअन्तर्गत माध्यमिक तह (अंग्रेजी) छात्रतर्फ नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुलका प्रश्रित अधिकारी प्रथम, सूर्यज्योति एकेडेमीका विकेश श्रेष्ठ द्वितीय तथा कल्याणकारी विद्या मन्दिरका सुगिन श्रेष्ठ र नर्थ स्टारका नभिनत गुरुवाचार्य तृतीय भए माध्यमिक तह (अंग्रेजी) छात्रातर्फ नुवाकोट ग्लोरीकी अनुस्का अधिकारी प्रथम, नेशनल बेथेलकी मेलोडी तामाङ द्वितीय तथा सुभेनियरकी अर्चना भुजेल र एसईई बोर्डिङकी रेहाना नेपाली तृतीय भए।


माध्यमिक तह (नेपाली) छात्रतर्फ गुडविल एकेडेमीका विशाल विक प्रथम, तादी भ्यूका उत्सव जोशी द्वितीय तथा एसईई बोर्डिङका आभाष थापा मगर र अर्किड एकेडेमीका अर्पण तामाङ तृतीय भए। माध्यमिक तह (नेपाली) छात्रातर्फ एसईई बोर्डिङकी आर्या तोलाङ्गी प्रथम, ओम मानेकी दिया तामाङ द्वितीय तथा नुवाकोट ग्लोरीकी सदिक्षा भट्टराई र सुभेनियरकी सुहाना श्रेष्ठ तृतीय भए।


कक्षा १ देखि ५ सम्मको अंग्रेजी हस्तलेखन प्रतियोगितामा छात्रतर्फ ग्लोबल मन्टेश्वरीका कृजन जोशी प्रथम, एसईई बोर्डिङका आयुष रावल द्वितीय तथा नुवाकोट ग्लोरीका विनय ढुंगाना र नर्थ स्टारका अनुराग ओझा तृतीय भए।


छात्रातर्फ ग्लोबल मन्टेश्वरीकी अलस्का अर्याल प्रथम, अर्किड एकेडेमीकी समिरा गिरी द्वितीय तथा तादी भ्यूकी नितालिया तामाङ र एसईई बोर्डिङकी रस्मिता अधिकारी तृतीय भइन्।


कक्षा १–५ नेपाली हस्तलेखन प्रतियोगितामा छात्रातर्फ अर्किड एकेडेमीका सुदीप तामाङ प्रथम, ग्लोबल मन्टेश्वरीका एरिक डंगोल द्वितीय तथा गणेश भ्यूका अस्मिन डंगोल र ग्लोबल मन्टेश्वरीका जेम्स वाइबा तृतीय भए।


छात्रातर्फ कल्याणकारी विद्या मन्दिरकी रोनिशा श्रेष्ठ प्रथम, भिजन एकेडेमीकी सिमान्का तामाङ द्वितीय तथा नुवाकोट ग्लोरीकी प्रतिमा थापा र एसईई बोर्डिङकी सपना राई तृतीय भइन्।


चित्रकला प्रतियोगिताअन्तर्गत कक्षा ६–१० तर्फ गणेश भ्यूकी दिना मिजार प्रथम, त्रिशूली सामुदायिक विद्यालयकी प्रतीक्षा तामाङ द्वितीय तथा सुभेनियर बोर्डिङकी कशिस रिमाल र नुवाकोट ग्लोरीका विकेश बुढाक्षेत्री तृतीय भए।


त्यसैगरी कक्षा १–५ तर्फ जेडी बोर्डिङ स्कुलकी दिपिक्षा लवट प्रथम, नेशनल बेथेलका मार्था तामाङ द्वितीय तथा ग्लोबल मन्टेश्वरीका गिनिज अधिकारी र नर्थ स्टारका कृतन विक तृतीय भए।


प्याब्सन नुवाकोटले प्रत्येक महिनाको अन्तिम आइतबार अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न विधामा प्रतियोगिता सञ्चालन गर्दै आएको छ। साथै विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि नियमित रूपमा शिक्षक तालिम कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।



तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *