आज पनि देशभर वर्षाको सम्भावना, केही प्रदेशमा अति भारी वर्षा हुने अनुमान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३, आईतवार ०६:३६

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही माथि र पूर्वतर्फ औसत स्थानकै आसपास रहेकाले वर्षाको गतिविधि बढेको हो।


हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।


महाशाखाका अनुसार आज दिउँसो र राति देशका अधिकांश भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, मधेस र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।


लगातारको वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै आवश्यकबाहेक जोखिमपूर्ण यात्रा नगर्न र मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन पनि अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *