कुलेश्वरमा प्रहरीले चलायो सात राउन्ड गोली, दुईजना घाइते

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३, आईतवार १६:३६

काठमाडौं । प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गोली हानेर कुलेश्वरबाट दुईजनालाई नियन्त्रणमा लिएको हो ।

दुवैजनाको घुडामूनी गोली लागेको छ । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि नै आक्रमण तथा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको ब्युरोका एसपी दुर्गा रेग्मीले जानकारी दिए । 

उनीहरूको साथबाट प्रहरीले लागुऔषध ट्रामाडोल बरामद गरेको छ । प्रहरीले पाँच राउन्ड हवाई फायर र दुई राउन्ड गोली हानेको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *